ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करलाई सदुपयोग र सेवामुखी बनाउन सुझाव 

Nov 23, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

मंसिर ७, चितवन । उद्योगी, व्यावसायी र अन्य निजी संघसंस्थाले तिरेको करलाई सदुपयोग र सेवामुखी बनाउन उद्योगी व्यावसायीले सुझाव दिएका छन् ।

 आठौं कर दिवसको समापनको अवसरमा शनिवार आयोजित कार्यक्रममा उनीहरुले करलाई सदुपयोग र सेवामुखी बनाउँदै उत्पादनमुलक काममा खर्च गनुपर्नेमा जोड दिएका हुन् । करको दर भन्दा दायरा बढाई करमैत्री बनाउन उनीहरुले सुझाव दिए । 

कार्यक्रमममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले उद्योग व्यवसायीले तिरेको करको सदुपयोग हुनुपर्ने  र सोही अनुसार सेवासुविधा दिनुपर्ने बताए । 

अधिकांश दक्ष युवा र लगानीकर्ता विदेशीएको भन्दै उनले ठूला लगानीकर्ता नेपाल भित्र्याउनु पर्नेमा जोड दिए । ‘साना मझौला करदाताबाट अपेक्षित कर संकलन हुन सक्दैन’, उनले भने, ‘यसका लागि ठूला लगानी भित्रयाउन सक्नु पर्दछ । ’

 उद्योगीहरुले अझैपनि बैंकको चर्को व्याज तिर्नुपरेको भन्दै उनले औद्योगिक नीतिमा सरकारले ध्यान नदिएको बताए । 

अर्कावक्ता उद्योग वाणिज्य संघ, चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले अझैपनि करको दायरा बढ्न नसकेको भन्दै दरमात्र बढाएर उपलब्धी नहुने बताए । 
अझैपनि मंहगी तीव्ररुपमा बढेको भन्दै उनले दोहोरो मारमा उद्योगी व्यावसायी परिरहेको बताए । ‘

अझै पनि करको भार नीजि क्षेत्रले नै धान्नु परेको छ’, उनले भने । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष गोपाल भट्टराईले सरकारले लगाएको विभिन्न करले व्यावसायीले थप मारमा परेको बताए ।

देशमा अझैपनि सरकारले युवालाई उद्योग क्षेत्रमा आकर्षण गर्न नसकेको, दक्ष जनशक्तिको अभाव झेलिरहेकोले  उद्योग व्यवसाय टिकाउनै मुश्किल रहेको बताए । 

कार्यक्रममा सहभागी अधिकांश उद्योगी व्यावसायीले राज्यले उद्योगी व्यावसायी अझैपनि अपराधीको जस्तै व्यवहार गरेको, विना कसुर दण्ड जरीवाना लगाएको र करमैत्री वातावरण बन्न नसकेको गुनासो गरेका थिए  । 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले करनै राज्यको आर्थिक मेरुदण्ड रहेकोले करको स्वच्छ तरीकाले प्रयोग गर्नुपर्ने र करदातालाई आकर्षित गर्नुपर्नेमा जोड दिए । 

प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख  कृष्णकुमार डल्लाकोटीले करको मारमा उद्योगी व्यावसायी रहेको भन्दै दोहोरो कर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, करदातालाई आकर्षित गनुपर्ने र कर के का लागि भन्ने बिषयमा जनचेतना आवश्यक रहेको बताए । 

आन्तरिक राजस्व कार्यालयका कर प्रमुख शुबप्रसाद रिजालले काठमाडौ पछि चितवनको आर्थिक गतिविधिको केन्द्र भएपनि अपेक्षा अनुसारको उपलब्धि हासिल गर्न नसकिएको बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)