ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मकवानपुर र चितवनमा गरिमा धानको क्षति मूल्यांकन

Nov 25, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । मकवानपुरका दुई र चितवनका ६ स्थानीय तहमा ‘नक्कली गरिमा जातको धान’को क्षति मूल्यांकन गरिएको छ । बीउबीजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा गठित क्षति मूल्यांकन समितिले उक्त जातको धानको क्षति दुई किसिमबाट मूल्यांकन गरेको छ । समितिले जग्गाको उत्पादन क्षमताको आधारमा १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतको आधारमा ७ करोड ३६ लाख ९१ हजार ३०० रुपैयाँ बराबरको क्षति मूल्यांकन गरेको हो । 

कृषि ज्ञान केन्द्र, चितवनका अनुसार उत्पादन क्षमताको आधारमा चितवनको राप्ती नगरपालिकाको ६ हजार ४० बिगाहा क्षेत्रफलको ३ करोड ९ लाख ४ हजार, खैरहनी नगरपालिकाको ४ हजार १११ बिगाहा क्षेत्रफलको २ करोड १० लाख ३८ हजार र कालिका नगरपालिकाको १ हजार ६८ बिगाहा क्षेत्रफलको ५४ लाख ६७ हजार रुपैयाँ क्षति मूल्यांकन गरिएको छ । 

यसैगरी रत्ननगर नगरपालिकाको ३ हजार १३० बिगाहा क्षेत्रफलको १ करोड ६० लाख १८ हजार, भरतपुर महानगरपालिकाको ३ हजार २७५ बिगाहाको १ करोड ६७ लाख ६१ हजार र माडी नगरपालिकाको २ हजार २९८ बिगाहामा लगाइएको धानको १ करोड १७ लाख ५८ हजार रुपैयाँ क्षति मूल्यांकन गरिएको छ । यस्तै मकवानपुरको मनहरी गाउँपालिकाको २७२ बिगाहाको १३ लाख ९१ हजार र राक्सीराङ गाउंँपालिकाको ७६ बिघाहामा लगाइएको धानको ३ लाख ८८ हजार क्षति मूल्यांकन गरिएको समितिले बताएको छ । 

कृषि ज्ञानकेन्द्र, चितवनका बाली विकास अधिकृत माधव पौडेलले मूल्यांकन समितिले कृषि मन्त्रालयमा सबै प्रतिवेदन पेश गरिसकेको र क्षतिपूर्तिबारे सरकारले निर्णय गर्ने जानकारी दिए । ‘हामीले निवेदनका आधारमा सबै क्षति मूल्यांकन गरेर मन्त्रालयमा पठाएका छौं,’ उनले भने, ‘कुन आधारमा क्षति दिने भन्नेबारे मन्त्रालयले निर्णय गर्नेछ ।’

यी दुई जिल्लाका सबै स्थानीय तहमा गरी नक्कली गरिमा जातको धानबाट २ हजार ६९० किसान मर्कामा परेका छन् । यसैगरी समितिले बीमाको पोलिसीको आधारमा बीमा कम्पनीले लागत मूल्यको ९० प्रतिशत क्षतिपूर्ति दिने प्रावधान रहेको बताएको छ । यस अनुसार कम्पनीले ६ करोड ६३ लाख २२ हजार १८६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)