ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कम्पनीको नकारात्मक टिप्पणी गर्नेलाई जरीवाना !

Jan 5, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कुनै कम्पनी वा व्यक्तिका बारेमा नकारात्मक टिप्पणी गरेकोमा जरीवाना तिराएको घटना हामीले यदाकदा सुन्दै आएका छौं । कम्पनीमाथिको नकारात्मक टिप्पणीको जरीवाना ५ वर्षपछि तिर्ने कुराचाहिँ अपत्यारिलो लाग्नसक्छ । सन् २००१ मा स्थापित वाहियात किसिमका पोशाक, ग्याजेट्स र गिक तथा कार्यालय खेलौनाको अमेरिकी अनलाइन शपिङ सेण्टर ‘क्लियर गियर डट कम’ले यस्तो जरीवाना तिराउने भएको हो । सन् २००८ मा अमेरिकाकी जेन पार्मरले क्लियर गियर डट कमबाट अर्डर गरेको सामग्री आफूले कहिल्यै प्राप्त नगरेका कारण कम्पनीबारे नकारात्मक टिप्पणी गर्दै रिपोफ रिपोर्ट डट कममा पोष्ट गरेकी थिइन् । त्यसको ५ वर्षपछि कम्पनीले ती महिलालाई जरीवाना तिराउने निर्णय गरेको छ । सन् २०१३ को नोभेम्बरमा कम्पनीले महिलाले ३ हजार ५ सय डलर जरीवाना तिर्नुपर्ने बताएको थियो । सन् २००८ मा जेनले क्लियर गियरबाट केही ज्वेलरी अर्डर गरेकी थिइन् । तर, करीब ३० दिनको पर्खाइपछि पनि उनले सो अर्डर पाउन नसकेको सञ्चारमाध्यम केयूटीभी २ न्यूज रिपोर्टले बताएको छ । यसबारे कम्पनीसँग बुझ्न खोज्दा पनि उनले सही उत्तर फेला पार्न सकिनन् । त्यससँगै इण्टरनेटको माध्यमबाट पैसा ट्रान्सफर गर्ने विश्वव्यापी अनलाइन व्यापार ‘पेपल’ले उनको भुक्तानी रद्द गरेको थियो ।

विश्वव्यापी उपभोक्ताले कुनै कम्पनी अथवा व्यक्तिसँगको असन्तोष प्रकट गर्ने पब्लिकेशन तथा वेबसाइट रिपोफ रिपोर्ट डट कममा जेनले कम्पनीबारे नकारात्मक टिप्पणी राखेकी थिइन् । उनको टिप्पणी यस्तो थियो, ‘कम्पनीमा मानवजस्ता केही तङ्खव फेला पार्नु एकदमै गाह्रो हुनुका साथै त्यहाँको ग्राहक सेवा पनि नराम्रो छ ।’ त्यस्तै, सन् २०१० मा क्लियर गियरले जेनले कम्पनीको सामग्री विक्रीसम्बन्धी आन्तरिक मामिलाको गोपनीयता भङ्ग गरेको आरोप लगाउँदै एउटा इमेल पठाएको थियो । इमेलको प्रकार यस्तो थियो– ग्राहकको निष्पक्ष र इमानदार प्रतिक्रिया दिन पाउने अधिकार सुनिश्चित गर्न तथा कुनै पनि अपमानजनक प्रकाशनलाई रोक्ने प्रयासस्वरुप यो विक्री कण्ट्र्याक्टलाई तिमीले स्वीकृत गर्दा कम्पनीको प्रतिष्ठा, उत्पादन, सेवा, व्यवस्थापन तथा कर्मचारीमाथि आँच आउने कुनै पनि कारबाही गर्न कम्पनी बाध्य रहने छैन । कम्पनीले जेनलाई पोष्ट गरेको टिप्पणी ७२ घण्टाभित्र हटाइसक्नुपर्ने वा उसले ३ हजार ५ सय डलर जरीवाना तिर्नुपर्ने बताएको थियो । कम्पनीले तोकेको समयमा जरीवानाबापतको रकम फिर्ता नपाए क्रेडिट ब्युरोलाई रिपोर्ट गर्ने चेतावनी पनि दिएको छ । यस चेतावनीसँगै जेनले रिपोफ रिपोर्ट डट कमलाई सो पोष्ट हटाउन अनुरोध गरे पनि उनीहरुले २ हजार डलर नदिएसम्म पोष्ट नहटाउने बताएका थिए । त्यससँगै जेनले कम्पनीविरूद्ध मुद्दा लड्ने निर्णय गरेकी थिइन् र हाल उनले सञ्चारमाध्यमहरुको सहयोग पनि मागेकी छन् । वेबसाइटमा नकारात्मक टिप्पणी गर्ने जेन एक्ली भने होइनन् । अन्यले पनि रिपोफलगायत अन्य वेबसाइटमा यस प्रकारको टिप्पणी पोष्ट गरेको पाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)