ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाडीचौर–चरीकोट सडक कालोपत्र माग गर्दै शंख जुलुस

Dec 2, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी


दोलखा । अलपत्र सडक तत्काल कालोपत्र गर्न माग गर्दै सदरमुकाम चरीकोटमा शंख जुलुस प्रदर्शन गरिएको छ । शनिवार बिहान सदरमुकाममा स्थानीयहरूले खाडीचौर–चरीकोट सडक निर्माणमा भइरहेको ढिलाइविरुद्ध शंख जुलुस प्रदर्शन गरेका हुन् । स्थानीयहरूले शंख बजाउँदै सदरमुकाम चरीकोट बजारका विभिन्न भागको परिक्रमा गरेका थिए ।

लामो समयसम्म ठेकेदारले सडक निर्माणमा बेवास्ता गरेपछि ठेकेदारलाई छिटो काम गर्न दवाब दिने उद्देश्यले विरोधका रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए । यसअघि ठेकेदारको फोटो सार्वजनिक सवारीसाधनमा टाँस्ने, मानव साङ्लो प्रदर्शन, सिट्टी जुलुस प्रदर्शन, ठेकेदारलाई काममा लगाउन कानूनी व्यवस्थाबारे कानून व्यवसायीसँग छलफल लगायत कार्यक्रम नागरिक स्तरमा सम्पन्न भइसकेका छन् ।

अबको कार्यक्रम भने पत्रकारको टोली सहित नागरिक अगुवाले बाटोको अवस्थाबारे स्थलगत निरीक्षण गर्ने रहेको नागरिक अगुवा रमेश खतिवडाले बताए । खाडीचौर–मुडे खण्डको २५ किलोमिटर र मुडे–चरीकोट खण्डको ३० किलोमिटर सडक विस्तारका लागि २०७२ मा सम्झौता भएको थियो । कालोपत्र सहित दुवै सडक सम्पन्न गर्ने अवधि २ वर्षको थियो । सम्झौता अवधि नाघेर थपिएको म्याद नाघेको लामो समय बितिसक्दा पनि दुवै कामको प्रगति ६० प्रतिशतभन्दा केही बढी मात्र छ ।

पेको म्यादमा समेत सडकको निर्माणले गति लिन नसकेपछि सडक डिभिजन कार्यालय चरीकोटले ठेकेदार कम्पनीलाई हर्जना तिराएको छ । खाडीचौर–मुडे सडकखण्डको ठेकेदार कम्पनी सिमाञ्चल–गौरी पार्वती–सुनौलो खिम्ती जेभी र मुडे–चरीकोट सडक खण्डको ठेकेदार सकिल हेदर–शंकरमाली–सुनौला खिम्ती जेभीले अहिले हर्जना तिरिरहेका छन् । भारतीय एक्जिम बैंकको करीब १ अर्ब २४ करोड ऋण सहयोगमा सिन्धुपाल्चोकको खाडीचौरदेखि चरीकोटसम्मको ५५ किलोमिटर सडक ढल तथा नालाको व्यवस्थापन सहित कालोपत्र गर्ने योजना छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)