ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजार : पूँजीबजार चम्कने आशा ( फोटो फिचर)

२०७६ फागुन, १२  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

फागुन १२, काठमाडौं । केहि दिन यता नेपाली पूँजीबजारमा उच्च वृद्धि भएपछि अवलोकन गर्न सोमवार आर्थिक अभियानका प्रतिनिधिहरु विभिन्न ब्रोकरहरुमा जाँदा लगानीकर्ताहरुको मनोबल उच्च रहेको पाइएको छ ।

 यसैक्रममा  शुरुमा काठमाडौंको नयाँ बानेश्वरस्थित ब्रोकर नम्बर ४१ लिञ्च स्टक मार्केटमा जाँदा लगानीकर्ताहरुको भिड लागेको देखियो ।  उनीहरु शेयर खरीदविक्रीका लागि व्यस्त थिए ।

 कुनै बेला सुनसान रहने गरेका ब्रोकर कार्यालयहरुमा यतिखेर पाइला राख्न नसकिने गरी भीड लागेको देखिएको छ । यसले पनि शेयर बजारले आफ्नो लय समातेको स्वभाविक अनुमान गर्न सकिन्छ ।  

केहि दिन यताको पूँजीबजारको वृद्धिले लगानीकर्ताहरु निरन्तर बजार बढ्ने भन्दै खुसी देखिएका छन् । बजारको समग्र अवस्थाका बारेमा उनीहरुको चर्चा परिचर्चा प्रष्टसँग सुन्न सकिन्थ्यो । 

उनीहरुको मनोबललाई आधार मान्ने हो भने, पछिल्लो समय पूँजीबजारले दैनिक नयाँ कीर्तिमान कायम गरिरहेको छ र  यसकै कारण बजारप्रति लगानीकर्ताहरुको मनोबल बढेको देखिन्छ ।धितोपत्र कारोबारमा पूर्ण अनलाईन कारोबार भित्रिएपनि उक्त प्रविधिलाई ब्रोकर कार्यालयमै आएर प्रयोग गरिरहने लगानीकर्ताहरु पनि भेटिए । 

भक्तपुरका गुणराज श्रेष्ठ आफु अनलाईन प्रयोगकर्ता भए पनि ब्रोकर अफिसमै आएर कारोबार गर्न मन लाग्ने बताउँछन् । अबलोकनका क्रममा लिञ्च स्टक मार्केटसँगै अन्य ब्रोकर कार्यालयहरुमा पनि लगानीकर्ताहरुको बाक्लो उपस्थिति रहेको पाइयो ।

सोमवार १ हजार ५०७ दशमलव ९८ विन्दुबाट शुरु भएको नेप्से परिसूचक कारोबारकोे पहिलो घण्टामा १ दशमलव ६६ प्रतिशत बढेको छ ।

यो पनि हेर्नुहोस्

३.२४ अंकले बढेको नेप्से १५०७.३७ विन्दुमा (१ बजेको अपडेट)

तस्वीरहरु : प्रजिता बुढाथोकी / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)