ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ करोड लगानीमा दुग्ध उद्योग स्थापना   

२०७६ फागुन, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन १५, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२, पटिहानीमा रू.२ करोडको लगानीमा  दुग्ध उद्योग स्थापना गरिएको छ । पटिहानीस्थित गंगानगर दुग्ध उत्पादक सहकारीले सरकारी अनुदान रू.८५ लाख र सहकारीको लगानी रू.१ करोड १५ लाख गरी उद्योग स्थापना गरेको हो ।
 

उक्त सहकारीले बिहीवार पटिहानीमा पत्रकार सम्मेलनको आयोजना गरी उद्योगबारे जानकारी गराएको हो । पत्रकार सम्मेलमा बोल्दै सहकारीका अध्यक्ष  कृष्ण प्रसाद सापकोटाले दूधलाई विविधिकरण गरी जिल्लामा नै खपत बढाउने उद्धेश्यले दुग्ध उद्योग स्थापना गरिएको बताए ।
 ‘अहिले दैनिक ५ हजार लिटर संकलन हुन्छ’, उनले भने, ‘यसलाई विविधिकरण गर्दा यहीं खपत बढाउन सकिन्छ ।’ 

उनका अनुसार हाल अधिकांश दूध काठमाडौंमा पठाउने गरिएको र उद्योग स्थापना गर्दा सबै दूधलाई यहीं खपत गर्न सकिने छ । सहकारीले चैत्र मसान्तभित्र आफ्ना उत्पादन बजारमा लैजाने तयारी गरेको छ ।

यसअघि दूधमात्र संकलन गरेर विक्री गर्दै आएको उक्त संस्थाले अब गंगा ब्राण्डको पोलिसिल्ड प्याक दूध, दही, पनीर, नौनी आइसक्रिम लगायतका उत्पादन गर्ने योजना बनाएको छ ।

सो अवसरमा बोल्दै संस्थाका सदस्य हेमराज आचार्यले उद्योगबाट उत्पादन भएका पदार्थको बजारमा दूधसँगै अन्य पदार्थमा उपभोक्ताको आकर्षण र माग बढेकोले उद्योगको स्थापना गरिएको बताए । 

‘उद्योग चालूभएपछि कृषकको पनि दूध उत्पादनमा आकर्षण बढ्छ’, उनले भने, ‘यसका साथै कृषकहरुले उचित मूल्य पाउनुका साथै रोजगारी समेत बढ्छ ।’ 

उनका अनुसार शुरुवाती चरणमा दैनिक १ हजार दूध प्याकेट, ५०० लिटर दही बजारमा पठाइने छ भने बाँकी दूधको अन्य विभिन्न दुग्धजन्य पदार्थ उत्पादन गरिनेछ । संस्थाले गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिएर बजारमा प्रतिस्पर्धा गर्ने बताएको छ ।

विसं २०४९ सालमा सहकारी विभागमा दर्ता भएको गंगानगर दुग्ध उत्पादक सहकारी चितवनका पुरानो दुग्ध सहकारीमध्ये एक हो । हाल संस्थाले ४ बिघा ३ कट्टा क्षेत्रफलमा नश्ल सुधार गरिएका ४० ओटा गाईभैंसी खरीद गरी नमूना पशुपालन फार्म तथा  श्रोत केन्द्र सञ्चालनमा ल्याएको छ ।

यसमध्ये २ बिघा १३ कट्टा क्षेत्रफलमा विभिन्न प्रकारका घांँसखेती गरिएको छ । उक्त सहकारीले गत आर्थिक वर्षमा रू.१५ करोडको कारोबार गरेको थियो । चालू आर्थिक वर्षमा रू.२० करोडको कारोबार हुने सहकारीको अनुमान छ । 

पशुपालनबाट स्वरोजगार सिर्जना तथा गरिबी निवारणमा योगदान दिने सहकारीको उद्देश्य रहेको छ । हाल सहकारीमा ७०० सेयर सदस्य छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)