ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा कोरोनाको असर : सरकारी कार्यालयमा सेवाग्राही घटे 

Mar 11, 2020  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोरोना भाइरसको असर विभिन्न देश र क्षेत्रसँगै चितवनमा पनि पर्न थालेको छ । लगातार ३ दिनसम्म सार्वजनिक बिदा हुँदा पनि चितवनका सरकारी कार्यालयमा मंगलवार सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ । 

कोरोनाको सन्त्रासको कारण र दैनिक आर्थिक गतिविधि  सुस्त भएपछि यसको असर सरकारी कार्यालयमा समेत परेको हो । प्रायः दैनिक चाप हुने जिल्लाका मालपोत, विद्युत्, राजस्व, जिल्ला प्रशासन, यातयात व्यवस्था लगायत कार्यालयमा सेवाग्राहीको पातलो उपस्थिति छ । 

आन्तरिक राजस्व कार्यालय, भरतपुरका कर अधिकृत कपिल नेपाल कोरानाको सन्त्राससँगै एक हप्तादेखि नै सेवाग्राही घट्दै गएको बताउँछन् । ‘३ दिन लगातार बिदा भयो, मंगलवार सेवाग्राहीको चाप बढ्ने अनुमान गरिए पनि त्यस्तो भएन’ उनले भने । देशभर आर्थिक गतिविधि सुस्त भएसँगै चहलपहल नै कम भएको उनको भनाइ छ ।  

यस्तै असर सेवाग्राहीको चाप हुने अर्को कार्यालय यातायात व्यवस्था सेवा कार्यालयमा पनि परेको छ । कार्यालयका प्रमुख सुवास उप्रेती केही दिन अघिदेखि सेवाग्राहीको चाप क्रमशः घट्दै गएको बताउँछन् । कोरोनाको सन्त्रासको कारण सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कर्मचारीमा समेत मनोवैज्ञानिक असर परेको उनको भनाइ छ । सरकारले कोरोनाबारे सचेतना गराएसँगै बजारक्षेत्र, सार्वजनिक क्षेत्र र अन्य भीडभाड हुने क्षेत्रमा मानिसको उपस्थिति निकै कम छ । 

जिल्लाका प्रशासनिक काम लगायत अन्य काम हुने जिल्ला प्रशासन कार्यालयमा समेत सेवाग्राही मंगलवार उल्लेखनीय रूपमा आएनन् । कार्यालयका सूचना अधिकृत ईश्वर सिंखडा भन्छन् ‘जति सेवाग्राहीको फलो हुने अपेक्षा गरिएको त्यस्तो चाप त भएन । ठ्याक्कै यसको असर तुरुन्त भने देखिँदैन ।’ उनका अनुसार आगामी दिनमा आउने सेवाग्राही र यो महीनाको काम र उपलब्धि हेरेर यसको आ“कलन गर्न सकिनेछ । सरकारी निकायले देशका अन्तरराष्ट्रिय उडान, दैनिक हुने सभा सम्मेलन, तथा अन्य भीडभाडबाट अलग हुन आग्रह गरेसँगै यसको असर हरेक क्षेत्रमा पर्न थालेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)