ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लामोसाँघु–सिँगटी प्रसारणलाइन समयमै नबन्दा ऊर्जा प्रवर्द्धक चिन्तित

Mar 11, 2020  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको उत्तरी भेगमा निर्माणाधीन करीब आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रवर्द्धकहरू आफूले निकट भविष्यमा उत्पादन गर्ने विद्युत् खेर जाने भयले चिन्तित बनेका छन् । २ वर्षमा सकिने गरी सन २०१० मा ठेक्का लगाइएको लामोसाँघु–सिँगटी १३२ केभीए प्रसारण लाइन हालसम्म पनि निर्माण हुन नसक्दा उनीहरू चिन्तित बनेका हुन् ।

प्रसारण लाइन तथा सबस्टेशन निर्माण समयमै नभएमा उत्पादन गरिएको विद्युत् खेर जाने सिँगटी खोला जलविद्युत् आयोजनाका आयोजना प्रमुख मनहरि सापकोटाले बताए । ‘हामीले आगामी वैशाखमा परीक्षण उत्पादन गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘तर, प्रसारण लाइन नै नभएपछि उत्पादित विद्युत् कहाँ पठाउने ?’ 

विद्युत् उत्पादन शुरू हुने समयसम्म पनि प्रसारण लाइन नबनेमा बैंकको ब्याजले ढाड सेकिने भएकाले आफूहरू चिन्तित रहेको उनको भनाइ छ । 

प्रसारण लाइनको नबन्दा विद्युत् खेर जाने भएपछि अहिले २५ मेगावाटको सिँगटी खोला, ११ मेगावाटको तल्लो खारे, ५ मेगावाटको घट्टे खोला ३० मेगावाटको खानी खोला र ४० मेगावाटको खानी खोला १ आयोजनाको काम अन्तिम चरणमा पुगेर पनि विद्युत्् उत्पादन गर्न सकेका छैनन् । यस्तै, प्रसारण लाइनकै अभावमा १० मेगावाटको सिप्रिङ खोलाबाट उत्पादित विद्युत् वर्षायाममा खेर गइरहेको छ ।

२५ मेगावाटको सिँगटी खोला तथा तल्लो खारेखोला आयोजना सम्पन्न गर्ने चरणमा पुगिसकेका छन् । सिँगटी खोला सरकारसँग १० वर्षअघि प्रतिस्पर्धामा लिएको ‘सुपर सिक्स’ आयोजनामध्येको सबैभन्दा पहिला पूरा हुने आयोजना हो ।

नेपाल विद्युत् प्राधिकरणले दोलखाको उत्तरी भेगमा निर्माण हुने जलविद्युत् आयोजनालाई लक्षित गरी सन् २०१० मा लामोसाँघु–सिँगटी १३२ केभी प्रसारण लाइन ठेक्का लगाएको थियो । ४० किलोमीटर प्रसारण लाइनका लागि करीब रू. ४२ करोड तथा सिँगटी सबस्टेशनका लागि साढे १७ करोड रुपैयाँमा भारतीय कम्पनी अरावल्ली इन्फ्रा पावरलाई ठेक्का दिइएको थियो । २ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने प्रसारण लाइन तथा सबस्टेशनको निर्माण अभैm सम्पन्न हुँदा आयोजनाहरूको विद्युत् खेर जाने अवस्था सृजना भएको छ । 

प्रसारण लाइनअन्तर्गत भीमेश्वर नगरपालिका–८ मा जग्गा विवादका कारण ७ ओटा टावरको जगसमेत खन्न सकिएको छैन । डबल सर्किटको प्रसारण लाइनमा हालसम्म ३० किमीभन्दा बढी सिंगल सर्किट तार तानिएको लामोसाँघु–सिँगटी प्रसारण लाइन आयोजनाले बताएको छ । जग्गा विवाद समाधान भएमा केही महीनामै प्रसारण लाइनको काम सम्पन्न हुने आयोजनाको भनाइ छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)