ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यक्रम शुरू हुनै लाग्यो

२०७६ फागुन, २  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

माननीय मन्त्रीज्यू

मन्त्रीज्यूका दाँयाबाँया उभिने भीआईपीज्यूहरू

कार्यक्रमका सभापतिज्यू

प्रमुख अतिथिज्यू (बाटोमा आउँदै)

                      उपप्रमुख अतिथिज्यू

                      विशेष अतिथिज्यू

                     अतिथिज्यूहरू

                     मञ्चमा आसीन अन्य गजधम्म व्यक्तित्वहरू

                     मञ्चाभिमुख दर्शक गण, ताली गण

                     वरिष्ठ, कनिष्ठ, घनिष्ट, सिकारु (शिकारी होइन) पत्रकारज्यूहरू

                        (फोटोग्राफरको कुरै नगरौं)

                    कार्यक्रममा आमन्त्रित वा जलपानका लागि मात्र स्वयं उपस्थित बाँकी छुटफुट सहभागीहरू

                    महिला तथा सज्जनवृन्द !

हाम्रा वक्ताहरूबाट असाधारण कल्पनाशीलताद्वारा तपाईं दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरिने ग्यारेन्टी गराइन्छ । कार्यक्रम सकिएपछि शुरूमा झोलपान अनि धुम्रपान अन्त्यमा खानपान समेत गराइने जानकारी पनि दिइन्छ

अबको केही बेरमै कार्यक्रम शुरू हुने जानकारी गराउन पाउँदा हामी आयोजक हर्षविभोर छौं सर्वप्रथम कार्यक्रम अलि ढिलो ( घण्टा मात्र) भएकोमा त्यत्ति बोर मानिहाल्नु पर्दैन प्रमुख अतिथि आइपुग्नासाथ कार्यक्रम शुरू गर्ने कुरा पनि सगौरव जानकारी गराउँछौं अहिलेलाई भने मञ्चीय परम्परा संस्कारलाई कदर गर्दै मञ्चासीन विशिष्ट व्यक्तिहरूलाई करतल ध्वनिका साथ फूलमाला खादाले स्वागत गर्ने कार्यक्रम दर्शक दीर्घामा रहेका सबैले कृपया बेला बेलामा ताली बजाइदिइरहन हुन जोडदार अनुरोध गर्दछौं

मञ्चमा कुनै काम नभए पनि सन्तुलन कायम गर्ने परम्परा अनुसार मञ्चमा आधा दर्शक दीर्घामा आधाजति मानिस सहभागी रहने जानकारी पनि पहिल्यै गराइन्छ त्यसैले मञ्चमा धेरै भीआईपी विराजमान भएकोमा नआत्तिन पनि सम्बन्धित सबैलाई सूचित गरिन्छ तर मञ्चासीन सबैलाई बोल्न भने दिइने छैन

यसैले कार्यक्रम सकिन लाग्दा समेत मञ्चमा आसन ग्रहणको सिलसिला कायमै रहनेछ यसमा पनि झर्को नमानीदिनुहोला किनकि यो हाम्रो परम्परा भएकाले यसलाई जोगाउनु हाम्रो नैतिक कर्तव्य हो

निम्तो गरिएको ठीक समयमा अर्थात् अंग्रेजजस्तै समयमा पक्का भएर उपस्थित हुनुभएका महानुभावहरूलाई पट्यार नमान्न हुन पनि अनुरोध गर्दछौं किनकि सम्भव भए प्रधानमन्त्रीबाटै नभए कुनै कुनै मन्त्रीज्यूबाट पानसमा दियो बालेर कार्यक्रम उद्घाटन गर्ने आजका हाम्रा वक्ताहरूबाट असाधारण कल्पनाशीलताद्वारा तपाईं दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरिने ग्यारेन्टी गराइन्छ

कार्यक्रम सकिएपछि शुरूमा झोलपान अनि धुम्रपान अन्त्यमा खानपान समेत गराइने जानकारी पनि दिइन्छ बरु अघिल्ला भन्दा पछिल्ला सीटहरू भोजनको काउन्टर नजिक भएकोले आआफ्ना स्थान समयमै सुरक्षित गरिहाल्न सुझाव पनि दिइन्छ, ताकि लाइनमा पहिल्यै प्लेट समात्न पाउनुहोस्

आयोजक समावेशितामा विश्वास राख्दछ त्यसैले कार्यक्रममा गुटगत, पार्टीगत आदि विभिन्न वर्गलाई समेटेर सहभागी गराइनेछ त्यसो गर्न उद्घोषक, सभापति, स्वागत मन्तव्य, धन्यवाद भाषण आदिका लागि सोही अनुसार विविधखाले वक्ताहरूको व्यवस्था मिलाइएको , ताकि सबै पात्रहरूले तत्तत् सही भूमिका प्राप्त गर्न सकून् एक किसिमले सबै पात्र प्रवृत्तिलाई चित्त नदुखाउन बोल्ने कामको भागबण्डा गरिएको यसले समाजमा व्याप्त चलिरहेको भागबण्डाको परम्परालाई अझ बलियो पनि बनाउनेछ भन्ने गहिरो विश्वास हामी आयोजकहरूको रहेको विशिष्ट अतिथिहरूलाई भने हलभित्रको भीआईपी हलभित्र छुट्टै खातिरदारी पस्किइने नै

कार्यक्रम शुरू हुनासाथ यस कार्यक्रममा चारै तहका सहभागी, जस्तैमञ्चासीन प्रमुख अतिथि, विशेष अतिथि सामान्य अतिथि तथा मञ्चभन्दा तल सोफाको पहिलो लहरमा आसीन पछाडि सीटहरूमा बसेका वा खडे सहभागीहरूको पद वा स्तर अनुसार व्यवहार गरिने चलन रहेको प्रष्ट पारिन्छ जस्तै, छातीमा टाँस्ने फरक फरक ब्याच, फरक वजनका फूलमाला, गुच्छा, फरक फरक साइज मूल्य पर्ने बस्ने सोफा तथा कुर्सी, स्वागत गर्दा लगाइदिने खादा, फरक फरक आकारका मायाका चिनो आदि पनि सोही अनुसार बेग्लाबेग्लै किसिमको भएको जानकारी गराइन्छ कार्यक्रम एक भए पनि विविधतामा अनेक रूप रंगको प्रयोग गरिने नै साथै सबैले यथास्थानमा आसन ग्रहण गर्दै गर्नुहोला भन्ने अनुरोध पनि बेला बेलामा गरिनै रहनेछौं आसन ग्रहणको कार्यक्रम पश्चात् तुरुन्त भाषण पनि ग्रहण गराइनेछ साथै हतारमा भूलवश कुनै अतिथि वा सहभागीको नाम वा पद उच्चारण गर्न छुटेमा माफ गरिदिन हुन पनि अनुरोध

कार्यक्रममा बोल्ने क्रममा सबै वक्तलाई मञ्चमा आसीन सबैको सकेसम्म पूरा नाम, थर, अहिलेको पुरानो पद, गाउँ लगायत एक प्रकारले तीनपुस्ते विवरणसहितको बायोडाटा दोहोर्‍याउन अनुरोध गरिन्छ कथम् कुनै मञ्चासीन अतिथिको नाम भूलवश छुटेमा आयोजकप्रति अतिथिको धारणा सधैं नकारात्मक हुन सक्ने खतरालाई दृष्टिगत गर्दै यस्तो आग्रह गरिएको हो

अर्को कुरा, हामीसँग भएको स्रोत भनेकै समय हो समयको अभाव नभएकाले बोल्ने क्रममा वक्ताले सकेसम्म लामो जीवनभरिमा जानेको बोल्दै आएको कुरा राख्न यहाँ पनि नछुटाउन हुन अनुरोध गरिन्छ, ताकि कार्यक्रममा सहभागीहरूले वक्ताहरूको विज्ञताबाट लाभान्वित हुन सकून् कार्यक्रम पनि लामो, भव्य सभ्य बनोस् बरु आफूले बोलिसकेपछि अरूको सुन्ने फुर्सद धैर्य छैन भने आफूले बोल्न सकिनासाथ कुनै बहाना बनाएर कुलेलम ठोक्न सकिनेछ बाहिर जाने काम छैन भने पनि कार्यक्रम चलिरहँदा मञ्चमा बसेकाले होस् वा मञ्च तल ओहोर दोहोर गर्ने, एक आपसमा कानेखुसी गर्ने वा आफ्ना मोबाइल फोन चलाउने आदि आम सुविधा भने निर्बाध पाइनै रहिनेछ

अन्त्यमा हामी आयोजकका तर्फबाट तपाईं दर्शक, स्रोता आदिमाझ यो वचनबद्धता दोहोर्‍याउन चाहन्छौं कि हामी हाम्रो तामझामपूर्ण भव्य मञ्चीय संस्कारप्रति गर्व गर्दै यो परम्परालाई जीवितै राख्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछौं अब एकैछिनमा कार्यक्रम शुरू हुने पनि जानकारी गराउँछौं धन्यवाद ! जय नयाँ नेपाल !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)