ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब टूथब्रस पनि इण्टरनेट कनेक्टेड !

Jan 8, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

दाँत ब्रस गर्ने अनेक प्रकारका टूथब्रस बजारमा पाइन्छन् । थरिथरिका टूथब्रसको भीडमा अब ‘इण्टरनेट कनेक्टेड टूथब्रस’ पनि मिसिएको छ । अमेरिकाको लस भेगसमा आयोजित ‘कञ्ज्युमर इलेक्ट्रोनिक्स शो’ (सीईएस)मा फ्रान्सेली कम्पनी कोलिब्रीले विश्वकै पहिलो इण्टरनेट कनेक्टेड टूथब्रस सार्वजनिक गरेको छ । कम्पनीले ‘स्मार्ट तरिकाले दाँत माझौं’ भन्ने नारासहित यो टूथब्रस सार्वजनिक गरेको छ । यो टूथब्रस कोलिब्रीको पहिलो उत्पादन भएको र यसलाई कम्पनीकै नाम दिइएको बताइएको छ । दाँत माझ्ने स्मार्ट तरिका सिकाउने उद्देश्यले यस्तो टूथब्रस ल्याइएको कम्पनीको दाबी छ ।

‘मुखको सम्पूर्ण हेरचाह तथा सुरक्षामा सुधार ल्याउनु यो टूथब्रस सार्वजनिक गर्नुपछाडिको मुख्य उद्देश्य रहेको छ,’ कम्पनीका सहसंस्थापक लोइक सिसोटले भने । ‘यस्तो प्रविधि विगत केही वर्षयता कुनै पनि उद्योगले विकसित गर्न सकेको थिएन,’ उनको कथन छ । यस उत्पादनले उपभोक्तालाई स्मार्ट तरिकासँग दाँत माझ्न प्रेरित गर्ने सिसोटको भनाइ छ । टूथब्रसमा रहेको सेन्सरले दाँत माझ्दा कति फोहोर सफा भए भन्नेबारे बताउनुका साथै दाँत माझ्ने गतिविधिको पनि रेकर्ड राख्ने हुँदा दाँत चम्काउन सहज हुने बताइएको छ । यस उपकरणबाट कुनै तारविना नै स्मार्टफोन एप्लिकेशनमा दाँतको हेरचाहबारे थाहा पाउन सकिन्छ । सिसोटका अनुसार आप्mना बच्चाहरुले दाँतको हेरचाह गरे/नगरेकोबारे सम्पूर्ण जानकारी राख्न चाहने अभिभावकका लागि यो उपकरण अझ बढी लाभदायक छ ।

हामीलाई सामान्य टूथब्रसको प्रयोगबाट दाँत कति सफा बनायौं भन्ने थाहा पाउन कठिन हुन्छ । यसबारे कुनै डेण्टिष्टले मात्र राम्रोसँग बताउन सक्छ । तर, यो टूथब्रसमा जडान गरिएको एप्लिकेशनले दाँत माझ्दा सफा गर्न बिर्सिएको स्थानबारे पनि प्रयोगकर्तालाई जानकारी दिन्छ । त्यस्तै, यो एप्लिकेशनमा अन्य प्रोग्राम पनि फिट गर्न सकिने र दाँत मझाइलाई अझ रमाइलो पार्न पनि सकिने सिसोटले बताएका छन् । सिसोट र माइक्रोसफ्ट तथा गूगलका पूर्वकार्यकारी थोमसले यो वर्षको तेस्रो त्रैमाससम्ममा यस उत्पादनलाई विश्वभर सार्वजनिक गर्ने योजना बनाएका छन् । यस टूथब्रसको प्रारम्भिक मूल्य मोडलअनुसार ९९ डलरदेखि २ सय डलरसम्म पर्नेछ । यसमा मोबाइल एप्लिकेशन भने निःशुल्क जडान गरिने बताइएको छ । रासस/एएफी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)