ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चेक अनादर भए कालो सूचीमा

२०७६ चैत, ४  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary NA
author avatar डा. अवतार न्यौपाने

बैंकमा खाता खोलिएका खातावालाले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बद्ध बैंकसमक्ष प्रस्तुत गर्दा ३४ कारणबाट बैंकले चेक अनादर गर्छ । त्यसमध्ये बैंकमा खोलिएको आफ्नो खातामा निक्षेप छैन वा निक्षेप भए पनि चेकमा उल्लेख भएको रकम पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बद्ध बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंकबाट उक्त चेक अनादर हुन सक्छ ।

चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यो चेक भुक्तानीका लागि सम्बद्ध बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएकाले बैंकबाट उक्त चेक अनादर भएमा कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखिन्छ ।

खातामा पर्याप्त निक्षेप नभई चेक अनादर भएकोे सम्बन्धमा निम्न ४ किसिमबाट उपचार खोज्ने गरिन्छ । जस्मा (क) बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) अन्तर्गतको कसुर मानी दफा १५ अन्तर्गत सजायको दाबी हुने, (ख) विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा ५४, ६५ र ६६ वमोजिम अनादर भई दफा १०७ क अन्तर्गत सजायको दाबी हुने, (ग) मुलुकी अपराध सहिता, २०७४ को परिच्छेद २१ को दफा २४९, २५२, २५३, २५४ र २५५ अन्तर्गत सजायको दाबी हुने ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी कसुर, र (घ) मुलुकी देवानी सहिता, २०७४ को परिच्छेद १५ को दफा ४७६, ४८८ र ४९२ अन्तर्गत दाबी हुने लेनदेन पर्दछन् ।

चेक अनादरको प्रमाणका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिकाको कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्थाबमोजिम त्यस्तो व्यक्तिलाई कालोसूचीमा राखी वा राख्ने प्रक्रिया शुरू गर्न सकिन्छ । खातामा मौज्दात अपर्याप्त भएमा, कुनै व्यक्ति फर्म, कम्पनी वा संगठित संस्थाले आप्mनो खातामा पर्याप्त मौज्दात नभई जतिसुकै रकमको चेक जारी गरेमा कालोसूचीमा राख्न सकिन्छ । जस्तो एकपटक भुक्तानी नभईकन फिर्ता भएको चेकको हकमा भुक्तानी पाउनुपर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कम्तीमा २ कार्यदिनको समय दिई सम्बद्ध बैंक वा वित्तीय संस्थामा पुनः चेक पेश गर्न सक्नेछ । यसरी बैंक तथा वित्तीय संस्थाले खातामा मौज्दात अपर्याप्त रहेका कारण कुनै चेकको भुक्तानी दिन नसकेमा चेकको भुक्तानी पाउनुपर्ने पक्षलाई स्पष्ट रूपमा खातामा मौज्दात अपर्याप्त भएको उल्लेख गरी लिखित रूपमा सुसूचित गर्नुपर्छ । 

त्यस्तै २ कार्यदिनको म्यादपश्चात् पनि रकम भुक्तानी नभएको खण्डमा रकम भुक्तानी पाउनुपर्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले चेकको रकम भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रूपमा जानकारी दिन सक्छ । बैंक वा वित्तीय संस्थामा लिखित रूपमा जानकारी प्राप्त भएपछि सम्बद्ध बैंक वा वित्तीय संस्थाले चेक जारी गर्ने त्यस्ता व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक बिदाबाहेक ७ दिनको सूचना दिनुपर्ने छ र सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा त्यस्तो चेक खिच्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई उक्त चेक जारी गर्ने बैंक वा वित्तीय संस्थाले अनिवार्य रूपमा कालोसूचीमा सूचीकृत गर्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनुपर्छ । सोअनुसार नगरेमा बैंक तथा वित्तीय संस्थालाई कारबाही हुन्छ । कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउने छैन । 

चेकमा उल्लेख रकम पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बद्ध बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंकबाट चेक अनादर हुन सक्छ ।

सर्वोच्च अदालतले सुरेशचन्द्र पौडेल वि. नेपाल इन्भेस्टमेन्ट बैंक लि. (उत्प्रेषण परमादेश, ने.का.प. २०६७ साउन, निर्णय नं. ८३६१ र ने.का.प. २०६७ कर्तिक, निं.नं. ८४२५) मुद्दामा व्याख्या गरेको छ ।

यसमा विश्वसनीय आधार र कारण नभई आफैले जारी गरेको चेकको भुक्तानी रोक्का गर्न छूट दिने हो भने बैंकमार्फत हुने भुक्तानी प्रणालीमा अविश्वास पैदा भई सम्पूर्ण बैंक तथा वित्तीय प्रणालीको सञ्चालनमा नै नकारात्मक असर पर्न सक्ने निर्णय भएको छ । ड्रअरले काटेको चेक कहिलेकाहीँ गल्ती हुन सक्छ । भुक्तानी दिनु नपर्नेलाई भुक्तानीको लागि गएको हुन सक्छ । रकम घटी वा बढी हुन सक्छ वा करकाप गरी चेकमा सही गराएको अवस्था वा चेक चोरी भएको अवस्था पनि पर्न सक्छ । यस्तो अवस्था पर्न आएमा निजले तुरुन्त भुक्तानी दिने बैंकलाई खबर गर्नुको अतिरिक्त प्रचलित कानूनअनुसार अधिकार प्राप्त निकायमा उजुर वा फिराद गर्नुपर्छ ।

चेकको भुक्तानी पाउने व्यक्तिसँगबाट वा चेक जारी गरिसकेपछि उक्त चेक भुक्तानी पाउनुपर्ने व्यक्तिको जिम्मामा आउनुपहिले नै हराएको वा चोरी भएको अवस्था पनि परेको हुन सक्छ । यसो भएमा विश्वसनीय प्रमाण प्राप्त भएको अवस्थामा बैंकहरूले आफ्ना ग्राहकको हित रक्षाका लागि यस्तो चेकको भुक्तानी रोक्न सक्छ । तर, विश्वसनीय आधार र कारण नदेखिए चेक जारी गर्ने व्यक्ति अर्थात् ड्रअरको सो निवेदनलाई स्वीकार गर्न बैंक बाध्य हुँदैन । विनाआधार र कारण चेकको भुक्तानी रोकी नियमित रूपमा हुने भुक्तानी प्रणालीमा अविश्वास खडा गरी आफैंले जारी गरेको चेकबाट हुने भुक्तानीमा अवरोध खडा गरेकाले सो क्रियालाई चेकको अनादर गरेको मानी कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने बैंकको कार्य कानूनविपरीत रहेछ भनी मान्न नमिल्ने भनी व्याख्या गरेको छ । अतः बैंकमा खोलिएको खाताको धनीले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बद्ध बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंकबाट उक्त चेक अनादर भएमा कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखीे खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउँदैन । 

लेखक अधिवक्ता हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

लोकेन्द्र कटेल

[Jan 11, 2023 06:41pm]

black list stoment latter



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)