ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

२०७६ चैत, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनले जिल्लावासीका लागि स्मार्ट कार्डसहितको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार आगामी २ वर्षभित्र हरेक नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य छ । सोही अनुसार चितवनमा पनि कार्ड वितरण गर्ने तयारी गरिएको हो । शुरुआती चरणमा २ हजार व्यक्तिको स्मार्ट कार्ड तयार भएर आइसकेकाले  छिट्टै वितरण गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ‘२ हजार व्यक्तिको स्मार्ट कार्ड आइसकेको छ,  हामीले यसलाई छिट्टै वितरण गर्ने तयारी गरेका छौं,’ प्रशासकीय अधिकृत ईश्वर सिंखडाले भने । 

गतअसार १९ गतेदेखि कार्यालयले व्यक्तिको विवरण संकलन गर्दै आएको थियो । हालसम्म १५ हजार ६७२ जनाको विवरण भरिएको उनले जानकारी दिए । हालसम्म कार्यालय परिसरबाट विवरण लिइँदै आए पनि यसलाई थप प्रभावकारी बनाउन वडास्तरमा आवश्यक कर्मचारी, प्राविधिक खटाउन लागिएको उनले बताए, जसका लागि ११७ कर्मचारी, प्राविधिकको छनोट गरी तालीम दिने तयारी गरिएको छ । 

राष्ट्रिय परिचयपत्र तीनपुस्ते विवरणसहितको हुने भएकाले कोही नछुटून् र नदोहोरिऊन् भन्ने उद्देश्यका साथ काम भइरहेको सिंखडाले बताए । ‘शुरूआती चरणमा नागरिकताको आधारमा व्यक्तिगत विवरण भरिने र क्रमशः उनीहरूको सम्पत्ति विवरण, कारोबार लगायत अन्य विवरण थप्दै लगिनेछ,’ उनले भने । हाल परिचयपत्रका लागि फोटो खिच्ने, फिंगर प्रिन्ट, आँखाको रेटिनाको फोटो खिच्ने र डिजिटल हस्ताक्षर सहित विवरण संकलनको काम भइरहेको उनको भनाइ छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)