ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दालमोठ उद्योगमा आगलागी हुँदा ३ करोड बराबरको क्षति 

२०७६ चैत, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चैत १८,चितवन । भरतपुर महानगरपालिका वडा नम्बर  ४ लंकु स्थित एक दालमोठ उत्पादन गर्ने उद्योगमा आगलागी हुंँदा रू.३ करोड बराबरको क्षति भएको छ । 
मंगलवार बिहान ६ बजे सारस फूड इन्डष्ट्रीमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दालमोठ, पिनट, भूजिया उत्पादन गर्ने उक्त उद्योगमा लागेको आगो बिहान १० बजेमात्र नियन्त्रणमा आएको थियो ।

आगलागीबाट उक्त रकम बराबरको क्षति  भएको प्रारमिम्भक अनुमान गरिएको छ । 

 भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिका र नेपाली सेनाको एक/ एक ओटा दमकल, प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा  आगो नियन्त्रणमा  आएको जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिए  । बिद्युत् सर्किट चुहाबट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

उद्योगका सञ्चालक सुनील अग्रवालले आगलागीबाट सम्पूर्ण कच्चा पदार्थ, मेशीन जलेर नष्ट भएको बताए । उनका अनुसार लकडाउनको समयलाई लक्षित गरी भण्डारण गरिएको खानेतेल, घिउ, चिउरा लगायतका खाद्यवस्तु नष्ट भएका छन् । 

उद्योगमा रहेको प्लाण्ट मेशीन,पाहुँच मेशीन,डोमिनो रिमाइण्डर, प्रिन्टिङ, कन्भेयर मेशीनसमेत काम नलाग्ने  भएको र रू.३ करोड बराबरको क्षति भएको उनले बताए ।  उक्त उद्योगमा १८ जना कर्मचारी, मजदूर कार्यरत छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)