ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उवासंघ, चितवनद्वारा उद्योग कलकारखाना बन्द गर्न अपिल 

२०७६ चैत, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चैत १९, चितवन । उद्योग वाणिज्य संघ चितवनले कोरोना भाइरसबाट जोखिम कम गर्न र सतर्कता अपनाउन  अत्यावश्यक सेवाबाहेक सबै उद्योग, कलकारखाना, बजार बन्द गर्न अपिल गरेको छ ।

संघका अध्यक्ष राजु श्रेष्ठद्धारा सोमवार जारी विज्ञप्तिमा राजपत्रमा उल्लिखित अत्यावश्यक सेवाबाहेकका सबै उद्योगधन्दा, व्यापार, व्यवसाय चैत २१ गतेसम्मका लागि बन्द गर्न अपिल गरिएको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘विश्वमै महामारीको रूपमा फैलिएको कोराना भाइरस १९ को प्रकोपबाट मुलुकलाई सुरक्षित राख्ने उद्देश्यले नेपाल सरकारबाट अत्यावश्यक सेवा बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको सन्दर्भमा उक्त प्रकोपबाट सुरक्षित रहन उद्योगधन्दा कलकारखाना उद्योग, व्यवसाय लकडाउनको अवधिमा बन्द गरी विपत्तिमा सजग, सुरक्षित रहन सो सम्बन्धमा व्यवसायी र सर्वसाधारणलाई सहयोग गर्न उद्योग वाणिज्य संघ चितवन हार्दिक अपिल गर्दछ ।’ यस्तै उद्योगी व्यवसायीले वित्तीय सस्थासँग लिएको ऋण र त्यसको ब्याज कम्तीमा ६ महीनाका लागि पुनर्तालिकीकरण गर्न सरकारसँग जोडदार माग समेत गरेको छ । 

यस्तै संघले अत्यावश्यक वस्तु तथा सेवा प्रदायक उद्योगी व्यवसायीले आफू स्वयम्को समेत स्वास्थ्य सुरक्षाको सतर्कतामा ध्यान दिँदै सेवा सञ्चालन गरिदिन र अनावश्यक सामग्री भण्डारण नगर्न आग्रह गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)