ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मजदूरलाई राहत बाँड्दै खैरहनी नगरपालिका 

२०७६ चैत, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चैत २४, चितवन । चितवनको खैरहनी नगरपालिकाले दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने विपन्न परिवारलाई राहत उपलब्ध गराउने भएको छ । नगरपालिकाका प्रमुख लालमणि चौधरीको अध्यक्षतामा शनिवार बसेको आपत्कालीन बैठकले नगरभित्र रहेका गरीब तथा विपन्न परिवारको तथ्यांक संकलन गर्ने काम अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

 तथ्यांक संकलनपछि टोल विकास संस्थामार्फत खाद्यान्न उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । परिवारमा रहेका सदस्य संख्याका आधारमा चामल, दाल, नून, तेल र एक थान साबुन उपलब्ध गराइने नगरप्रमुख चौधरीले बताए । नगरले वडालाई पठाउने र वडाले टोल विकास संस्थामार्फत खाद्यान्न सामग्री वितरण गर्नेछ ।

कुनै संघसंस्था वा व्यक्तिले त्यस्ता परिवारलाई राहत उपलब्ध गराउन चाहेमा नगरमा सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ । एकद्वार प्रणाली मार्फत राहत वितरण प्रभावकारी हुने भएकाले समन्वय गर्न आग्रह गरेको हो ।

बैठकले दैनिक बजार अनुगमन गर्ने निर्णय समेत गरेको छ । त्यसको जिम्मा सार्वजनिक क्षमता अभिवृद्धि तथा खरीद समितिका संयोजक टीकादत्त इटनीको टोलीलाई दिइएको छ । समितिले नगरपालिका, इलाका प्रहरी कार्यालयसँगको समन्वयमा सर्वसुलभ तरीकाबाट सामान उपलब्ध भए/ नभएको, कृत्रिम अभाव सृजना गरे/ नगरेको अनुगमन गर्ने बताइएको छ ।

यस्तै, विदेशबाट आएका व्यक्तिहरू होम क्वारेन्टाइनमा बसे÷नबसेको र उनीहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर अनुगमन गर्ने निर्णय पनि गरेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)