ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमेश्वरमा ‘एक घर : दुई साबुन’ अभियान

२०७६ चैत, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

चैत २४, दोलखा । भीमेश्वर नगरपालिकाले ‘एक घर : दुई साबुन, एक व्यक्ति : एक मास्क’ अभियान सञ्चालन गरेको छ । कोरोनाको संक्रमण फैलन नदिन नगरले उक्त अभियान सञ्चालन गरेको हो ।
कोरोना भाइसरको संक्रमण रोक्न यस्तो अभियान सञ्चालन गर्ने निर्णय नगर कार्यापालिकाको बैठकले गरेको थियो । सोही बमोजिम यसको कार्यान्वयन गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताए । 

नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार अपांगता भएका, ज्येष्ठ नागरिक, सुत्केरी तथा विपन्न नागरिक बिरामी भए अस्पताल लैजान एम्बुलेन्स पठाइने व्यवस्था मिलाइएको नगरप्रमुख केसीले जानकारी दिए छ ।

यस्तै मजदूर तथा अतिविपन्नलाई खानाको समस्या भएमा वडा अध्यक्षमार्फत नगरमा सम्पर्क गरेमा टोलमै खाद्यान्न उपलब्ध गराइने भीमेश्वर नगरपालिकाले बताएको छ ।

कोरोनाको संक्रमण फैलन सक्ने सम्भावना रोक्न लकडाउन गरिएको समयमा विपन्न तथा मजदूरको सहजताका लागि नगर कार्यपालिकाले उक्त निर्णय गरेको नगरप्रमुख केसीको भनाइ छ ।

नगरको ‘एक घर : दुई साबुन, एक व्यक्ति : एक मास्क अभियानमा भीमेश्वर नगरपालिकाभित्र मुख्य कार्यालय रहेका सहकारी संस्थाहरूले ५ लाख ४४ हजार रुपैयाँ सहयोग गरेका छन् ।

सोमवारसम्ममा नगरपालिकाले नगरका ६ हजार घरधुरीलाई साबुन तथा मास्क वितरण गरिसकेको सूचना अधिकृत जगदीश अर्यालले बताए । बाँकी घरधुरीलाई पनि क्रमशः वितरण गरिने उनको भनाइ छ । भीमेश्वर नगरमा ११ हजार २२५ घरधुरी रहेको तथ्यांक छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)