ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भाटभटेनीद्वारा बाग्मती प्रदेशको कोरोना कोषमा २५ लाख सहयोग

२०७६ चैत, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चैत्र २७, चितवन । भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोरले कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि  बागमती प्रदेशलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीवार बाग्मती प्रदेशको हेटौंडास्थित मुख्यमन्त्रीको कार्यालयमा भाटभटेनी सुपरमार्केट, चितवनकी प्रबन्धक जमुना गुरुङले प्रदेशका मुख्यमन्त्री डोरमणि पोख्रेललाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरिएको सुपरमार्केटका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । सातओटै प्रदेशमा कम्पनीले २५ लाखका दरले सहयोग गरेको उनले बताए । यसअघि कम्पनीले संघीय सरकारको कोरोना उपचार कोषमा १ करोड सहयोग गरिसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)