ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घर आउन नसकेको छोरालाई १४०० किलोमिटर स्कुटर चलाएर ल्याउने यी आमा

२०७६ चैत, २७  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

चैत  २८,  नयाँदिल्ली । भारतमा २१ दिन लामो लकडाउनका कारण घर आइपुग्न नपाएको छोरालाई एक आमाले १ हजार ४०० किलोमिटर दुरी स्कुटरबाट तय गर्दै घर ल्याई पुर्‍याएकी छन्  ।  

उनले उक्त दुरी तिन दिनमा पुरा गरेर आफ्नो १७ वर्षीय छोरा निजामुद्धीनलाई घर ल्याएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । 

तेलांगाना राज्यको निजामाबाद जिल्ला बस्ने ५० वर्षीय रजिया बेगम सोमवार स्थानीय प्रशासनका कमिश्नरको अनुमतिमा स्कुटर लिएर छोरा रहेको आन्ध्रप्रदेशको नेल्लौर पुगेकि थिइन् । त्यहाँ  पुग्न उनले ७०० किलोमिटर दुरी तय गर्नु परेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।

प्रतिदिन करीब ४७० किलोमिटरका दरले स्कुटर चलाएकी उनको यतिखेर सामाजिक सञ्जालमा एउटी आमाले लकडाउनमा उठाएको हिम्मत भन्दै चर्चा परिचर्चा भइरहेको  छ  । हुन पनि हो, एउटी आमाका लागि आफ्ना दरसन्तानको मायाप्रेम अनि चिन्ता लाग्नु स्वभाविक  थियो ।

उनले भनिन्, ‘दुई पांग्रे सवारी लिएर यात्रा गर्नु निश्चय पनि कठिन काम थियो तर छोरा सकुशल घर ल्याउनु  मेरो दृढ निश्चय थियो, यसै कारण पनि सवै डरत्रासको  पर्वाह गरिन ।’

उनले भनेकी छन्, ‘निश्चय पनि यात्राका क्रममा सडक सुनसान थियो, सवारी चलेका थिएनन्, ट्राफिक प्रहरीको त नामोनिशान नै थिएन ।’ उनी स्थानीय सरकारी विद्यालयमा  कार्यरत छिन् ।

उनको छोरा निजामुद्धीन एमबीबीएस तयारी गरिरहेका छन् । उनका अनुसार निजामुद्धीन आफ्नो एकजना साथीलाई पुर्‍याउन रहमताबाद गएका थिए  र सोही  क्रममा भारत सरकारले गरेको लकडाउनका कारण त्यहीं रहन बाध्य थिए ।

यो कठिन यात्राको क्रममा उनलाई कोरोना नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी (कमाण्डो) हरुले थप हौसल्ला दिएका थिए  । भारत सरकारले कोरोना भाइरसको खतरालाई ध्यानमा राख्दै २५ मार्चदेखि  लकडाउन जारी राखेको छ  ।

यसक्रममा कलकारखाना तथा उद्योगधन्दाहरु बन्द छन् । कयौं मजदुर तथा अन्य कामदारहरु बेरोजगार भएका छन् । कलकारखाना बन्द भएपछि कामदारहरु सयौं  किलोमिटर दुरी पार गर्दै घर पुग्न प्रयास गरिरहेका छन् । तर लकडाउन कारण आवागमनमा अवरोध पुर्‍याइएकोले सडकमै अलपत्र  छन् । एजेन्सीको  सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)