ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन मिल्क उद्योग पुनः सञ्चालन

२०७७ बैशाख, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख १, चितवन । भरतपुर महानगरपालिका–१, ठिमुरामा रहेको चितवन मिल्क उद्योग गत हप्तादेखि पुनः सञ्चालनमा आएको छ । लकडाउनका कारण बजारमा पाउडर दूधको माग बढेपछि उद्योग पुनः सञ्चालनमा ल्याइएको हो ।

हाल किसानबाट संकलित दूधबाट धूलो (पाउडर) दूध र नौनी उत्पादन गरिएको उद्योगका इन्चार्ज दुर्गा पराजुलीले जानकारी दिए । ‘अहिले दूध अभाव हुने बेला हो,’ उनले भने, ‘तर लकडाउनका कारण विक्री नभएपछि पाउडर दूध उत्पादनका लागि उद्योग पुनः सञ्चालनमा ल्याएका हौं ।’

 विगतका वर्षमा दूधको अभाव हुँदा उद्योग आंशिक रूपमा सञ्चालन हुने गरेको थियो । पराजुलीका अनुसार यस उद्योगमा दैनिक ७० हजार लिटर दूधबाट पाउडर दूध र नौनी उत्पादन हुँदै आएको छ । उपभोक्ताको घरघरमा डिलरले दूध पु¥याउन नसकेपछि अहिले पाउडर दूधको माग उच्च भएको उनको भनाइ छ । ‘अहिले हामीले पाउडर दूधको माग थेग्नै सकेका छैनौं,’ उनले भने । पाउडर दूध १२ महीनासम्म मात्र प्रयोग गर्न सकिने भन्दै उनले तत्कालका लागि विक्रीमा समस्या नभए पनि जोखिम समेत उनले बताए ।

हाल उक्त कम्पनीमा दुईओटा बोइलर मेशिनबाट दूध प्रशोधन गरिएको छ । लकडाउन खुलेपछि ४ टनको बोइलर आउने भएकाले दैनिक ८० हजार लिटर प्रशोधन गर्न सकिने पराजुलीले बताए ।  उद्योगमा ३० जना प्राविधिक र कर्मचारीले काम गरिरहेका छन् । उक्त उद्योग सञ्चालनमा आए पनि चितवनमा उत्पादित ३० प्रतिशत अझै विक्री हुन नसकेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ, चितवनका सचिव किशोर बगालेले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)