ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तरकारी उपभोक्तासम्म पुर्‍याउन समन्वय गरिदिन भरतपुर महानगरको अनुरोध

२०७७ बैशाख, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख १, चितवन । लकडाउनका कारण आपूर्ति सहज नभई अधिकांश किसानको तरकारी बाहिरमै तरकारी कुहिन थालेपछि भरतपुर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न अनुरोध गरेको छ ।

 थोक बजार बन्द भएको र उपभोक्ताले तरकारी पर्याप्त मात्रामा उपभोग गर्न नपाइरहेका बेला महानगरपालिकाले पत्र नै लेखेर  सहयोगका लागि अनुरोध गरेको हो ।

महानगरपालिकाकी शाखा अधिकृत राधा देवकोटाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘चैत्र २७ गते बसेको बैठकले भरतपुर महानगरपालिकाभित्र उत्पादित कृष उत्पादन तरकारी बजारमा लैजान नसक्दा बारीमै कुहिएको अवस्थालाई ध्यानमा राख्दै किसानलाई ठेला, रिक्सा साइकलबाट निश्चित दूरी कायम गरी उपभोक्ताको घरदैलौसम्म पुर्‍याउन अनुरोध गर्ने निर्णय भएको हुँदा सोही अनुसार आवश्यक व्यवस्था मिलाउन आदेश अनुसार व्यहोरा पठाइएको छ ।’

यस पत्रको सम्बोधन गर्दै प्रशासनले बढी भीडभाडका कारण थोक बजारमा रोक लगाइए पनि उपभोक्ता घरदैलोमा पुर्‍याउन सम्बन्धित सवारीसाधनमार्फत रोकतोक नगरिने प्रशासनले प्रष्ट पारेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले थोक बजार बन्द भएको अवस्थामा उपभोक्ताको घरदैलोमा तरकारी पुर्‍याउन रोकतोक नगर्ने र यसका लागि सामाजिक दूरी कायम गर्ने वातावरण मिलाउन अनिवार्य हुने भन्दै सोही अनुसार सुरक्षा निकायलाई सहयोग गरिदिन प्रशासनले निर्देशन दिएको पत्रमार्फत बताएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)