ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तलबको साटो बियर !

Jan 12, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

तलबका रुपमा पैसा, खाना, लत्ताकपडा आदि वस्तुहरु दिने गरेको त हामीलाई थाहै छ । तर, नेदरल्याण्डमा भने फोहोर सङ्कलनकर्ताहरुलाई तलबका रुपमा बियर दिने रोचक अवधारणा शुरु गरिएको छ । यस योजनामा डच सरकारको पनि आंशिक आर्थिक सहयोग रहेको बेलायती समाचार संस्था बीबीसीले बताएको छ । बीबीसीका अनुसार आमष्टरडमका सडक सफा गरेबापत रक्स्याहाहरुलाई तलबका रुपमा बियर दिन थालिएको छ । ५ घण्टासम्म सडक सफा गरेबापत यिनीहरुलाई ५ क्यान बियरसहित १३ डलर ५ सेण्ट दिइनेछ ।

यो कार्यक्रम सामाजिक रुपमा बहिष्कृत, घरवारविहीन, गरीब, दुव्र्यसनीमा फसेका तथा मानसिक समस्यामा परेका मानिसलाई सहयोग गर्ने संस्था ‘दि रेन्बो ग्रूप’ले सञ्चालन गरेको हो । संस्थाले समाजका सीमान्तकृत मानिसहरुलाई आवास, राहत र सहायता प्रदान गर्ने गर्छ । समूहले यसरी फोहोर सफा गर्ने कार्यक्रमलाई एउटा व्यावहारिक कार्यक्रमका रुपमा लिएको बताएको छ । ‘यी मानिसहरुलाई रक्सीको कुलतबाट टाढा राख्न सबैखाले उपाय अपनाइएको छ, तर पूर्णरुपमा रक्सीको लतबाट छुटाउन असम्भवजस्तै भएकाले यो उपाय अपनाइएको हो,’ कार्यक्रमका सञ्चालक जानेट भान डे नोर्डले बीबीसीलाई भने । यस कार्यक्रमले रक्सीको लतमा फसेका मानिसको जीवन राम्रो बनाउन नसके पनि हालको भन्दा राम्रो जीवनस्तर दिने मोर्डको जिकीर छ । यसले सामाजिक सद्भावमा सहायता पुग्नुका साथै सरसफाइको काम गरेर उनीहरुले समाजलाई पनि केही दिइरहेको मोर्डले बताएका छन् ।

कार्यक्रमले आमष्टरडमको अष्टरपार्कमा उल्लेख्य प्रभाव पारेको बताइएको छ । अष्टरपार्कमा धेरैजसो रक्स्याहा मानिसहरुको बसोबास रहेको र यस क्षेत्रमा समूहले कार्यक्रम सञ्चालन गरेपछि हिंसाका घटनामा उच्च कमी आउनुका साथै पार्कक्षेत्र धेरै सफा देखिएको बीबीसीले उल्लेख गरेको छ । ५१ वर्षीय रेने यस कार्यक्रममा सहभागी २० जनामध्ये एक हुन् । यस कार्यक्रममा संलग्न हुन आफूलाई बियरले आकर्षित गरेको र समाजका लागि केही काम गर्न सकेकोमा खुशी भएको उनले बताएका छन् । मानिसहरुले आफूलाई फोहोरजस्तै ठानेर व्यवहार गर्ने गरेका तर अहिले आफूले उनीहरुको फोहोर उठाउन थालेपछि व्यवहारमा परिवर्तन आएकोसमेत उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)