ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनचाँदी व्यवसायीद्वारा विपन्नलाई दैनिक एक छाक खाना

२०७७ बैशाख, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख ७, चितवन । लकडाउनको समयमा भोकै रहेका विपन्न, सडक बालबालिका, असहाय र दैनिक ज्याला मजदूरलाई चितवनका सूनचाँदी व्यवसायीले दैनिक एकछाक खाना खुवाउन शुरू गरेका छन । जिल्लाका सुनचाँदी व्यवसायसँग सम्बद्ध चारओटा संस्थाको समन्वयमा चैत २९ गतेदेखि भोजन खुवाउन थालिएको हो । 

लकडाउनको समयमा खाना नपाएर भोकै रहेका मानिसलाई दैनिक खाना खुवाउने अभियान शुरू गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपीन रामुदामुले बताए । ‘लकडाउनको समयमा राज्यसमेत उदासीन छ,’ उनले भने,  ‘हामीले मानवीय धर्म र सामाजिक उत्तरदायित्व वहन गरेका हौं ।’ उनका अनुसार दैनिक १२५ देखि १४० जनालाई खाना खुवाइँदिदै आएको छ ।

पहिलो चरणमा बैशाख १५ गतेसम्म बिहानको खाना खुवाइने र लकडाउन लम्बिँदै गए पनि भोजन खुवाउने कार्यलाई निरन्तरता दिइने संयोजक समेत रहेका रामुदामुको भनाइ छ । हाल ती संस्थाले उद्योग वाणिज्य संघ, चितवनको परिसरमा भोजन वितरण गरिरहेका छन् । नेपाल सुनचाँदी व्यवसायी सघ चितवन, सुनचाँदी बचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)