ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रेस युनियन चितवनद्वारा पत्रकारका लागि राहत कोष स्थापना

२०७७ बैशाख, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख ८, चितवन । नेपाल प्रेस युनियन चितवनले चितवनका क्रियाशील पत्रकारका लागि राहत कोष स्थापना गरेको छ । कोरोना महामारीलाई लक्षित गरी युनियनले आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गरी ३ लाख रुपैयाँको राहत कोष स्थापना गरेको हो । सोमवार दिउँसो बसेको कार्यसमितिको ‘अनलाइन बैठक’ले उक्त निर्णय गरेको युनियनले बताएको छ ।

यसका लागि युनियन चितवनका अध्यक्ष अनिल ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा यूनियनका  निवर्तमान अध्यक्ष नारायण अधिकारी, केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष वसन्त पराजुली रहेका छन् । यस्तै बैठकले पत्रकार सहयोग समिति समेत गठन गरेको छ । कार्यसमिति सदस्य राजु चौधरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरूमा सुशील पन्त, हरि पौडेल छन् । कोषाध्यक्ष विप्लव काफ्लेको संयोजकत्वमा तीनसदस्यीय राहत कोष अभिवृद्धि समिति समेत गठन गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

ढकालले कोरोना महामारीका बेला समस्यामा परेका जिल्लाका सबै क्रियाशील पत्रकारलाई सहयोग गर्न राहत कोष बनाइएको जानकारी दिए । ‘पत्रकारलाई खान, बस्न केही समस्या भए तत्कालै राहत दिने गरी तयारी गरेका छौं,’ उनले भने । सहयोग लिने पत्रकारको विवरण गोप्य राखिने भएकाले समस्याबारे जानकारी दिन उनले आग्रह गरेका छन्  ।

बैठकले समाचार संकलन गर्न जाँदा सुरक्षित भएर मात्र जान समेत आग्रह गरेको छ । जिल्लामा कोरोना संक्रमण देखिइसकेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको हो । कार्यक्षेत्रमा जाने पत्रकारलाई सञ्चार गृहले आवश्यक सुरक्षाका सामग्री उपलब्ध गराइदिन, पारिश्रमिक समयमा दिन र ढुक्कसँग समाचार सम्प्रेषणको वातावरण बनाइदिन  पनि स्थानीय प्रशासनसँग युनियनले माग गरेको छ । साथै बैठकले राहत कोषमा सहयोग गरिदिन समेत सबैसँग आग्रह गरेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)