ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना अस्पताललाई २ लाखको स्यानिटाइजिङ मेशिन सहयोग

२०७७ बैशाख, ९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख ९, चितवन । लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी टुको सहयोगमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा स्वचालित स्यानिटाइजिङ मेशिन जडान गरिएको छ ।

 भरतपुर महानगरपालिकाको अगुवाइ र भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मीलाई सोही मेशिनबाट छिरेर जाने व्यवस्था मिलाइएको छ । 
क्लबले रू. २ लाखको लागतमा अस्पतालमा स्यानिटाइजिङ मेसिन जडान गरेको  भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले जानकारी दिए  । मेशिनसँगै १ हजार लिटर सेनिजोल समेत उपलब्ध गराइएको छ । 

उक्त मेशिन मंगलवार नै एक कार्यक्रमका बीच अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको उपस्थितिमा सो मेशिन अस्पताललाई हस्तान्तरण गरिएको हो । 

मेशिन हस्तान्तरण गर्दै क्लबका भाइस डिष्ट्रिक्ट गभर्नर भट्टले महामारी र संकटको समयमा कोरोना नियन्त्रणमा सहयोग पु¥याउने हेतुले मेशिन जडान गरिएको बताए । हस्तान्तरण समारोहमा बोल्दै प्रदेश सभा सदस्य विजय सुवेदीले अबको समयमा शरीरलाई संक्रमणबाट बचाउन पनि यो मेशिन  आवश्यक रहेको बताए । मेशिन निर्माता कम्पनीका तर्फबाट मार्सल रोक्काले एक लिटर सेनिजोलले १ हजार २ सय जनालाई काम गर्ने जानकारी दिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)