ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सफल मोटर्सद्वारा पत्रकारलाई कोरोना सुरक्षा सामग्रीका लागि सहयोग 

२०७७ बैशाख, १०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख १०, चितवन ।  टाटा मोटर्सको आधिकारिक विक्रेता सफल मोटर्स, भरतपुरले पत्रकारलाई लक्षित गरी कोरोना सुरक्षा सामग्रीका लागि सहयोग गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक गोपाल भट्टराईले बुधवार प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई १५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रबन्ध निर्देशक भट्टराईले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मीहरू जोखिम मोलेर समाचार सम्प्रेषण गर्नुपर्ने भएकाले सहयोग गरिएको बताए । अध्यक्ष अनिल ढकालले कोरोना जोखिममा परेर फिल्ड रिपोर्टिङ गर्ने जिल्लाका पत्रकारलाई एन९५ मास्क र सेनिटाइजर वितरण गर्न लागिएको बताए ।

प्रेस युनियनको मंगलवार बसेको बैठकले ३ लाख रुपैयाँ बराबरको कोरोना राहत कोष स्थापना गरेको थियो । विभिन्न दाताबाट संकलित रकमबाट लकडाउनका कारण समस्यामा परेका जिल्लाका पत्रकारलाई खाद्यान्न वितरण भइरहेको उनले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)