ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असिना र हावाहुरीले केराखेतीमा १ करोडको क्षति

२०७७ बैशाख, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । असिना र हावाहुरीले पूर्वी चितवनमा लगाइएको केराखेतीमा लाखौंको क्षति पुगेको छ । ३ दिनयता परेको असिनापानीले केराखेतीमा आंशिक तथा पूर्णरूपमा क्षति पुर्‍याएको हो ।

केरा उत्पादक संघ, चितवनका अध्यक्ष घननाथ महतोका अनुसार हालसम्म १ करोड रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ । उनले भने, ‘जिल्लाका अन्य किसानको पनि क्षति विवरण संकलन गर्ने काम भइरहेको छ ।’ संघले कृषकको बगानमा गएर क्षतिको विवरण संकलन र बीमा कम्पनीसँग सहजीकरण गरिरहेको उनले बताए ।

संघका महासचिव वेदप्रसाद भट्टराईका अनुसार पूर्वी चितवनमा एउटै किसानको ४ बिगाहा क्षेत्रफलमा लगाएको केराखेतीमा पूर्णरूपमा क्षति पुगेको छ । ‘एकै किसानको केराखेतीमा २० लाख रुपैयाँसम्मको क्षति भएको छ,’ उनले भने, ‘३० जना किसानको केरा बगानमा पूर्णरूपमा क्षति भएको पाएका छौं ।’ अहिले केरा उत्पादनको उपयुक्त समय भएकाले बेच्न राखिएका, फल्न लागेका र आगामी वर्षका लागि तयार पारिएका बिरुवा असिनापानीले सखाप पारेको भट्टराईले बताए ।

रत्ननगर नगरपालिका–१६ का हरिप्रसाद अधिकारीले आफ्नो बगानमा करीब २ हजार बोट केरा असिना र हावाहुरीले नष्ट पारेको बताए । सोही वडाका अर्का किसान रामचन्द्र दुवाडीले ४ बिगाहा रहेको तयारी केरा, पसाउन लागेको केरा र बिरुवामा समेत क्षति पु¥याएको उनको भनाइ छ । ‘एक त बजारमा विक्री छैन,’ उनले भने, ‘लकडाउनपछि बेचौंला भनेर राखिएको केरा हावाहुरीले ढालिदियो ।’ पश्चिम चितवनका केराखेतीमा असिनापानीले क्षति नगरे पनि बजारमा केरा लैजान नसक्दा बारीमै पाक्न थालेको संघका अध्यक्ष महतोको भनाइ छ ।

गतवर्ष चितवनमा डेढ अर्ब रुपैयाँ बराबरको केराको कारोबार भएको थियो । यस वर्ष कृषकको संख्या बढ्दै जाँदा र मौसम अनुकूल हुँदा उत्पादन बढ्ने अपेक्षा कृषकको थियो । जिल्लामा हाल ३ हजार बिगाहाभन्दा बढीमा केराखेती गरिँदै आएको छ । यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसान ७०० छन् । उत्पादित आलु जिल्लामा खपत हुनुका साथै काठमाडौं, पोखरा लगायत शहरमा जाने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)