ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखामा अस्पताल व्यवस्थापनका लागि १८ लाखको साझा कोष स्थापना गरिने

२०७७ बैशाख, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

वैशाख १२, दोलखा । दोलखामा अस्पताल व्यवस्थापनका लागि १८ लाखको साझा कोष स्थापना गरिने भएको छ । कोभिड १९ को जोखिम न्यूनीकरणका लागि सो कोषको स्थापना गरिने भएको हो ।

जिल्ला समन्वय समिति तथा जिल्ला संकट व्यवस्थापन समितिको वैशाख १० गते बसेको संयुक्त बैठकबाट उक्त रकम बराबरको साझा कोष स्थापना गरिने निर्णय भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए । कोषमा दोलखाका ९ वटा स्थानीय तहहरुले २/२ लाख रकम उपलब्ध गराउने सहमति भएको उनको भनाइ छ ।

कोषबाट सम्भाव्य कोरोना बिरामीको स्वाब परीक्षणका लागि धुलिखेल वा काठमाडौं पठाउने, शव राख्ने मच्र्युरी बाकस खरीद गर्ने, मानसिक सन्तुलन गुमेकाको उपचार गर्ने जस्ता प्रयोजनका लागि खर्च गरिने बताइएको छ । 

संयुक्त बैठकले जिल्लाका ९ ओटै स्थानीय तहमा जिल्ला बाहिरबाट आएका नागरिकको स्वास्थ्य परीक्षण घर–घरमा पुगेर गर्ने तथा जिल्लामा दैनिक उपभोग्य वस्तुहरू, कृषिऔजार, मल, बिउ तथा निर्माण सामग्रीको ढुवानीलाई सहज र व्यवस्थित बनाउने पनि निर्णय गरेको प्रमुख पाण्डेले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)