ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वधशाला निर्माण अन्तिम चरणमा

२०७७ बैशाख, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

वैशाख,१३, दोलखा । दोलखाको शैलुङ गाउँपालिकाको बाघखोर बजार नजिक निर्माणाधीन वधशालाको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले उपाभोक्ता समितिमा मार्फत निर्माण गरिरहेको वधशाला निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

वधशाला निर्माणमा करिब १० लाख खर्च हुने शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए । जेठभित्र निर्माणका सबै काम सम्पन्न भई वधशाला सञ्चालनमा आउने दुलालको भनाइ छ । वडा नम्बर ३ मा रहेको गाउँपालिकाको मुख्य बजार बाघखोर बजार नजिक वडा नम्बर २ को लप्सिङ डाँडामा वधशाला निर्माण भइरहेको छ । 

हाल वधशालाको ट्रस्ट तथा आधा भागसम्म गाह्रो लगाउने तथा प्लास्टरको काम सम्पन्न भएको छ । यस्तै भुइँमा सोलिङ गर्ने तथा अन्य अन्तिम चरणका काम भइरहेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)