ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उवासंघ चितवनद्वारा माडी नगरपालिकालाई राहत सामग्री

२०७७ बैशाख, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख १३, चितवन । उद्योग वाणिज्य संघ, चितवनले माडी नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । संघका अध्यक्ष राजु श्रेष्ठले माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकाललाई शनिवार राहत सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा दैनिक ज्यालादारी गर्ने मजदूरहरूलाई  समस्या पर्दै गएकाले नगरपालिकामार्फत राहत सामग्री बितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

संघले नगरपलिकालाई करीब ५० हजार बराबरको खाद्य सामग्री हस्तान्तरण  गरेको अध्यक्ष श्रेष्ठले बताए । संघले यसभन्दा अगाडि महानगरपालिकाका विभिन्न वडा लगायत संघको सचिवालय बाट राहत सामग्री वितरण गर्दै आएको छ । राहत सामग्री हस्तान्तरण कार्यक्रम उपाध्यक्षद्वय चिरञ्जीवी सुवेदी र ई. भोजराज कौडाल लगायतको उपस्थिति रहेको थियो । संघले राहत वितरणको कार्यक्रमलाई  निरन्तरता दिने संघका वरिष्ठ कार्यक्रम अधिकृत नीलबहादुर केसीले जानकारी दिए । संघले यसअघि भरतपुर महानगरपालिकाका दैनिक ज्याला मजदूरी गर्नेहरूलाई राहत वितरण गरेको थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)