ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोल्ने ‘होम एप्लाइन्सेस’ !

Jan 13, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पछिल्लो समय खाना पकाउनेदेखि लुगा धुनेसम्म हरेक कामका लागि होम एप्लाइन्सेस (घरेलु उपकरण)हरु सहयोगी बनेका छन् । यसैले यस्ता उपकरणहरुलाई परिवारको एक अभिन्न अङ्गका रुपमा समेत हेर्न थालिएको छ । विद्युतीय सामग्री उत्पादक कम्पनीहरुले घरायशी प्रयोजनमा प्रयोग हुने बत्ती तथा कोठाको ताप नियन्त्रण यन्त्र आदिमा समेत ‘कम्प्युटिङ पावर’ र इण्टरनेट जडान गर्न थालेका छन् । दक्षिण कोरियाली घरेलु उपकरण निर्माता कम्पनी एलजी इलेक्ट्रोनिक्स र सामसुङ इलेक्ट्रोनिक्सले आफ्ना उत्पादनमा यस्ते प्रविधि प्रयोग गरेका छन् । ती कम्पनीबाट उत्पादित घरायशी उपकरणमा सञ्चार गर्न सहयोग गर्ने उपकरण जडान गरेका छन् ।

लास भेगासमा शुक्रवार सम्पन्न ‘कञ्जुमर इलेक्ट्रोनिक्स शो’मा एलजीका राष्ट्रिय उत्पादन प्रशिक्षक र्‍याण्डी ओभर्टनले उपभोक्ताले आफ्ना मित्र तथा परिवारका सदस्यहरुलाई दिनमा अनेकौंपटक सञ्चार सन्देश पठाएजस्तै घरमा जडित ‘एयर कण्डिशन’ र कोठा सफा गर्ने मेशिनलाई पनि सन्देश पठाउन सकिने जानकारी दिएका छन् । रेफ्रिजेरेटरलाई त्यसभित्र के के छ भन्ने कुरा सोध्न सकिने र आफ्नो पाउरोटी सेकिएपछि आफूलाई जानकारी दिने गरी भान्साका उपकरणमा सेटिङ गर्न सक्नेसमेत बताए । एलजीले उक्त प्रदर्शनीमा उपभोक्ताले घरेलु उपकरणसँग प्राकृतिक भाषामा आफ्नो कुरा भन्न र सोधिएको कुराको जवाफ पाउन कुराकानी गर्ने ‘होमच्याट’ प्रणाली सार्वजनिक गरेको छ । यो प्रविधिसँग अन्तरक्रिया गर्ने र उनीहरुलाई बढी आनन्ददायक बनाउने ओभर्टनले बताएका छन् ।

त्यसैगरी, कम्पनीहरुले होमच्याट’ प्रणाली जडित लुगा धुने मेशिन, खाना पकाउने, खाना चिसो राख्ने तथा रोबोटिक भ्याकुम क्लिनर (कोठा सफाइ गर्ने मेशिन)लगायत घरेलु उपकरण तयार गरिरहेको बताइएको छ । यस्ता रेफ्रिजेरेटरले खाना एक दिनभन्दा बढी आफूसँग रहेको वा बिग्रन थालेको विषयमा आफ्ना मालिकलाई जानकारी दिनुका साथै बियर बोतलमा कति बियर बाँकी छ भन्ने प्रश्नको पनि जवाफ दिने एलजीका प्रमुख प्रविधि अधिकारी स्कट आहनको भनाइ छ । रेफ्रिजेरेटरमा खाना पकाउने विधिको एउटा पुस्कालय नै भएको र त्यसले आफूभित्र रहेको खानेकुरालाई कसरी तयार गर्ने भन्ने विषयमा पनि जानकारी दिनेछ । खानाका ट्र्याक राख्न खानेकुरा राख्ने वा झिक्नेबित्तिकै त्यसको तथ्याङ्क रेफ्रिजेरेटरमा राख्नुपर्नेछ ।

उता, अर्को कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले पनि घरमा रहेको टेलिभिजन, घरेलु उपकरण तथा स्मार्टफोनलाई व्यवस्थापन गर्नका लागि यो वर्षको मध्यतिर ‘स्मार्ट होम’ प्रविधि ल्याउने तयारी गरिरहेको छ । हिजोआजका आधुनिक उपभोक्ताको वास्तविक जीवनशैलीसँग मिल्ने स्मार्टफोन, होम एप्लाइन्सेस, क्यामरा, ग्यालेक्सी गियर स्मार्ट घडीलगायत स्मार्ट उपकरणहरु ल्याउन थालिएको कम्पनीका मिडिया सोल्युशन सेण्टर प्रमुख होन्प्यो हङ्गले जानकारी दिएका छन् । यस्ता सामग्रीका भित्र लगाइएको क्यामराका कारण उनीहरुको वर्तमान अवस्थाको तस्वीरसमेत उपभोक्ताले पाउन सक्नेछन् । सामसुङले आफ्ना अन्य उत्पादनमा पनि यस प्रकारको प्रविधि जडान गरिने बताएको छ । रासस/पीटीआई

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)