ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उवासंघ चितवनद्वारा विद्यार्थीलाई राहत वितरण

२०७७ बैशाख, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


वैशाख १८, चितवन । उद्योग वाणिज्य संघ चितवनले चितवन जिल्ला लगायत नेपालका बिभिन्न जिल्लाबाट भरतपुर आई अध्ययन गर्ने विद्यार्थीहरूलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका भरतपुरका विभिन्न कलेजहरुमा अध्ययनरत भाडामा बस्दै आएका विद्यार्थीलाई राहत वितरण गरिएको हो । 
लामो समयको लकडाउनका कारण घरजान नपाएका विद्यार्थी र स्थानीय डेरामा बस्ने विद्यार्थीलाई राहतस्वरुप खाद्यसामग्री वितरण गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए  । अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य संघले व्यावसायिक क्षेत्रसँग मात्र सम्बन्धित नभई संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रही विपद् र दैनिक जीवन गुजार्न कठिन परेका विद्यार्थीलाई राहत वितरण गरिएको बताए ।

 
भरतपुर क्षेत्रमा रहेका वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस र बालकुमारी कलेज, वोस्टन कलेज, एनपिआई कलेज लगायतका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई राहत सामाग्रीहरु वितरण गरिएको संघका विपद् व्यवस्थापन समितिका संयोजक एवम् कार्यसमिति सदस्य नारायण प्रधानले जानकारी दिए । राहत वितरण कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष एवम् नेउवामहासंघका कार्यकारीणी समिति सदस्य कल्याण जोशी निबर्तमान अध्यक्ष सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्षत्रय सुमनकुमार श्रेष्ठ, चिरञ्जीवी सुवेदी, भोजराज कौडालको सहभागिता रहेको थियो ।

यसअघि संघले दैनिक ज्यालादारी गर्ने मजदुर, विभिन्न उद्योग धन्दा एवम् कलकारखानामा कार्यरत मजदुर लगायत भरतपुर महानगरपालिकाका बिभिन्न वडाहरु, माडी नगरपालिका लगायतका स्थानमा समेत राहत सामाग्री वितरण गरि सकिएको संघका वरिष्ठ अधिकृत निलबहादुर केसीले जानकारी दिए । साथै संघले राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन संघले आफ्नो कोरोना राहतकोषको सहयोग संकलन कार्यलाई तिव्रता दिईरहेको केसीले बताए । साथै संघ संग आवद्ध विभिन्न वस्तुगत संघहरुले पनि राहत वितरण लगायत खाना वितरण कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।   
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)