ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशीको भर्टिकल साफ्टमा १४७ मिटर पेनस्टक जडान बाँकी

२०७७ बैशाख, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

वैशाख १९, दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भर्टिकल साफ्ट ( ठाडो सुरुङ)मा १४७ मिटर मात्र पेनस्टक जडान गर्न बाँकी रहेको छ । दुईओटा भर्टिकल साफ्टमा गरी जम्मा ६८३  मिटर पेनस्टक जडान गर्नुपर्नेमा वैशाख १८ गते सम्ममा १४७ मिटर मात्र जडान गर्न बाँकी रहेको हो । 

आयोजनाको कठिन मानिएका दुई भर्टिल साफ्टमध्ये माथिल्लोमा ११० मिटर तथा तल्लोमा ३७ मिटर पेनस्टक जडान गर्न बाँकी रहेको छ । आयोजनाको ३७३ मिटर लामो तल्लो भर्टिकल साफ्ट मा ३३६ मिटर तथा ३१० मिटर लामो माथिल्लो भर्टिकल साफ्टमा २०० मिटर पेनस्टक जडानको काम सम्पन्न भइसकेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले बताए ।

आयोजनामा पेनस्टक सम्बन्धी काम गरिरहेका मजदुरहरुले घर जान माग गरेकाले हाल पेनस्टकको काम रोकिएकोमा शुक्रवारबाट पुनः जडानको काम शुरु हुने प्रबक्ता न्यौपानेको भनाई छ । बैशाखको सुरु सम्ममा पेनस्टक जडानको काम सक्ने आयोजनाले बताउँदै आए पनि लकडाउनका कारण इन्धन तथा अन्य सामग्री ढुवानमा परेको समस्याले पेनस्टक जडान कार्य सम्पन्न हुन नसकेको आयोजनाले बताएको छ ।

आयोजनाको माथिलो भर्टिकल साफ्टमा भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङ तथा तल्लो भर्टिकल साफ्टमा अष्ट्रियन कम्पनी एन्ड्रिजले पेनस्टक जडानको काम गर्दै आएका छन् । लकडाउनका कारण आयोजनाको स्थगित भएको हेडवक्सको परीक्षण भने लकडाउन पछि पुनः सुचारु गरिने आयोजनाको भनाइ छ । हेडवक्सको परीक्षण अन्तरगत बाँधको परीक्षण भइसकेको छ भने डिस्यान्डरको परीक्षण बाँकी छ ।

आयोजनाको प्रसारणलाइनको काम सम्पन्न भइसकेको छ । रामेछाप जिल्लाको फुलासीमा निर्माणाधीन सब स्टेशनको सिभिल संरचनाको काम पनि करिब सकिएको छ भने सब स्टेशनमा उपकरण जडानको काम बाँकी रहेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युुत् आयोजनामा जडित ६ वटा युनिटमध्ये एउटाबाट असार मसान्तसम्ममा परीक्षण उत्पादन थाल्ने आयोजनाको लक्ष्य छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)