ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चर्नावती पुलको निर्माण अन्तिम चरणमा

२०७७ बैशाख, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

वैशाख २०, दोलखा । लामोसाँघु–जिरी सडक अन्तर्गत चर्नावती खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ । ओमबुद्ध कन्स्ट्रक्सन प्रालिले निर्माण गर्ने जिम्मा लिएको उक्त पुलको निर्माण अन्तिम चरणमा पुगेको हो  ।

पुलको स्ल्याब ढलान कार्य सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक ग्याल्बो तामाङले बताए । स्ल्याब हाल्ने काम सकिएकपछि अब टेवा पर्खाल, पुलमा प्रिमिक्स कालोपत्र गर्ने लगायतका काम गरी असार मसान्तसम्ममा पुल हस्तान्तरण गरिने तामाङको भनाइ छ । पुलको लम्बाइ ३० मिटर र चौडाइ ११ मिटर रहेको छ । 

आरसीसी प्रिस्ट्रेस्ड प्रविधिमा आधारित यो पुलको भारवहन क्षमता सत्तरी टनभन्दा बढी हुने डिभिजन सडक कार्यालय चरिकोटका सब–इञ्जिनियर राजेन्द्र कार्कीले बताए । आरसीसी प्रिस्ट्रेस्ड प्रविधिमा कंकृट स्ट्रक्चरका अतिरिक्त पुलको विमबाट झोलुङ्गे पुलको जस्तै स्टिलको लठ्ठाहरु छिराई त्यसलाई तन्काएर भारबहन क्षमतालाई मजवुत बनाइने उनको भनाइ छ ।

यो प्रविधि अनुसार पुलको ढलान सेट भएपछि लट्ठा तन्काउँदा पुल ७ सेमी माथी उठ्ने बताइएको छ । परम्परागत पुल भन्दा यो प्रविधिबाट बनाइएको पुल बढी मजबुत हुने प्राविधिकहरुको भनाइ छ ।

२०७३ साल मंशिर २७ गते रू.३ करोड ९१ लाख ८५ हजार ५७६ मा २०७५ साल मंसिर १५ सम्म सक्ने गरी पुल निमाण को ठेक्का ओम बुद्ध कन्ष्ट्रक्सन प्रालिलाई लगाइएको थियो । माथिल्लो तामाकोशी जल विद्युत् आयोजनाका पेनस्टक तथा अन्य हेभी समानहरु ढुवानी गर्न बनाइएको डाइभर्सनका कारण पुलको जिप तयार गर्न नसकिएकोले पुल निर्माणको म्याद थप्नुपर्ने अवस्था आएको ओम बुद्ध कन्स्ट्रक्सनका तामाङले बताए ।

अहिले लक डाउनको विषम परिस्थितिमा डिभिजन सडक कार्यालयको सहयोगका कारण जिल्ला प्रशासन कार्यालबाट अनुमति लिएर सामान ढुवानी गरी काम गरिएकाले पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको  उनको भनाइ छ ।

चर्नावती पुल नयाँ डिजाइनको भएको ले यो प्रविधिको पुल बाढी पहिरोबाट पनि अन्य पुलको तुलनामा सुरक्षित हुने प्राविधिकहरुले बताए । हाल चर्नावती खोलामा बेली ब्रिज रहेको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)