ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका अटोमोबाइल व्यवसायीद्वारा यातायात मजदूरलाई राहत सामग्री वितरण

२०७७ बैशाख, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख २०, चितवन । चितवनका अटोमोबाइल व्यवसायीले जिल्लामा रहेका यातयात मजदूरलाई खाद्यान्न वितरण गरेका छन् । चितवन अटो मेकानिकल व्यवसायी संघ र अटोमेकानिकल बचत तथा ऋण सहकारी संस्था नारायणगढको सहकार्यमा शनिवार १ सय घरपरिवारलाई राहत सामग्री वितरण गरिएको हो । 

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष एवं चितवन चेम्बरका उपाध्यक्ष गोपाल भट्टराईले यातायात एवं अटोमोबाइल क्षेत्रमा रहेका मजदुर, मेकानिक्स, चालक, सहचालकलाई दैनिक जीवन यापन गर्न कठिन भएकोले राहत सामग्री वितरण गरिएको बताए ।

‘उनीहरुमाथि नत राज्यको आंँखा पर्यो न त स्थानीय सरकारको नै’ उनले भने, ‘काम र माम नपाएकालाई हामीले राहत वितरण गरेका हौं ।’ उनका अनुसार त्यस्ता घर परिवारलाई तीन हप्तालाई पुग्ने चामल, दाल, पिठो, चना, सोयावीन लगायतका खाद्य सामग्री वितरण गरिएको छ । 

वितरण कार्यक्रममा बोल्दै अटोमेकानिकल ऋण तथा बचत सहकारीका अध्यक्ष नारायण कंडेलले भारत र जिल्ला बाहिर घर भएर यहांँ अटोमोवाइल क्षेत्रमा काम गर्ने मजदुरलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको बताए । ‘

लकडाउनमा विपन्न परिवार, ज्यालामजदुर सबैले राहत पाइरहेको देख्यौं,’ उनले भने, ‘यातायात मजदुरले हालसम्म केही पाएका रहेनछन, त्यसैले हामीले यो अभियान थालेका हौं ।’

लकडाउनका कारण यातायात क्षेत्र अस्तव्यस्त रहेको र यसको टुंगो निश्चित नरहेकोले यो क्षेत्रमा आश्रितलाई राहत सामग्री वितरण गरिएको उनको भनाई छ । हाल संस्थाले जिल्लामा रहेका जोकोही यातायात मजदुर, श्रमिक, मेकानिक्सलाई राहत लिन आउन आग्रह गरेको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिने कंडेलको भनाइ छ । 

उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको ३६ ओटा वस्तुगत संघले लकडाउन शुरू भएदेखि नै राहत वितरण र खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिंदै आएको बताए । ‘हरेक उद्योग व्यवसायमा ज्याला मजदुरको उत्तिकै महत्व हुन्छ, उनले भने, ‘विपद्को बेलामा हामीले अभिभावक्तको भूमिका निर्वाह गरेका हौं ।’

संस्थागत सामाजिक उत्तरदायित्व बहन र मानवीय धर्म निभाउने उद्धेश्यले उद्योग व्यवसायीले जिल्लाभरनै राहत सामग्री वितरण कार्यलाई तीव्रता दिंदै आएको श्रेष्ठले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)