ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तामाकोशीको भर्टिकल साफ्टमा १४७ मीटर पेनस्टक जडान बाँकी

२०७७ बैशाख, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भर्टिकल साफ्ट (ठाडो सुरुङ)मा अब १४७ मीटर मात्र पेनस्टक जडान गर्न बाँकी छ । दुईओटा भर्टिकल साफ्टमा गरी जम्मा ६८३  मीटर पेनस्टक जडान गर्नुपर्नेमा वैशाख १८सम्ममा १४७ मीटर मात्र जडान गर्न बाँकी रहेको हो ।

आयोजनाको कठिन मानिएका दुई भर्टिल साफ्टमध्ये माथिल्लोमा ११० मीटर तथा तल्लोमा ३७ मीटर पेनस्टक जडान गर्न बाँकी छ । आयोजनाको ३७३ मीटर लामो तल्लो भर्टिकल साफ्टमा ३३६ मीटर तथा ३१० मीटर लामो माथिल्लो भर्टिकल साटमा २०० मीटर पेनस्टक जडानको काम सम्पन्न भइसकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए । आयोजनामा पेनस्टक सम्बन्धी काम गरिरहेका मजदूरले घर फर्कने माग गरिरहेकाले केहीदिन काम रोकिए पनि शुक्रवारबाट पुनः शुरू हुने उनको भनाइ छ ।

वैशाखको पहिलो सातासम्ममा पेनस्टक जडानको काम सक्ने बताइएको भए पनि लकडाउनका कारण इन्धन तथा अन्य सामग्री ढुवानीमा समस्या हुँदा समयमै सम्पन्न हुन नसकेको आयोजनाले बताएको छ ।

आयोजनाको माथिलो भर्टिकल साफ्टमा भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनीयरिङ तथा तल्लो भर्टिकल साफ्टमा अष्ट्रियन कम्पनी एन्ड्रिजले पेनस्टक जडानको काम गर्दै आएका छन् । लकडाउनका कारण आयोजनाको स्थगित भएको हेडवक्र्सको परीक्षण भने लकडाउन पछि पुनः सुचारु गरिने आयोजनाको भनाइ छ । हेडवक्र्सको परीक्षण अन्तर्गत बाँधको परीक्षण भइसकेको छ भने डिस्यान्डरको परीक्षण बाँकी छ ।

आयोजनाको प्रसारण
लाइनको काम सम्पन्न भइसकेको छ । रामेछाप जिल्लाको फुलासीमा निर्माणाधीन सबस्टेशनको सिभिल संरचनाको काम पनि करीब सकिएको छ भने सबस्टेशनमा उपकरण जडानको काम बाँकी छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युुत् आयोजनामा जडित ६ ओटा युनिटमध्ये एउटाबाट असार मसान्तसम्ममा परीक्षण उत्पादन थाल्ने आयोजनाको लक्ष्य छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)