ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानलाई प्रोत्साहनका लागि वडाले दियो अनुदान

२०७७ बैशाख, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

वैशाख २३, दोलखा । भीमेश्वर नगरपालिका वडा नं ६ ले पशुपालक किशानलाई विभिन्न शीर्षकमा अनुदान दिएको छ । किसानलाई प्रोत्साहित गर्न वडाले चालू आवको बजेटबाट विभिन्न कार्यका लागि पशुपालक किसानलाई अनुदान दिएको हो ।

नगरपालिकाले वडाका लागि छुट्याएको बजेटबाट घरमा न्यूनतम ३ जोडी बाख्रा पालेका ७ घरधुरी किसानलाई उन्नत जात (जमुनापारी) का माऊ र पाठा उपलब्ध गराएको वडा नम्बर ६ का अध्यक्ष नविन लामाले जानकारी दिए । बाख्रा पाउने किसानहरुलाई १५ हजारका दरले बाख्रा खरीद गरी उपलब्ध गराइएको उनको भनाइ छ । बाख्रा खरीदका लागि वडाले रू. ९१ हजार खर्च गरेको छ ।

चालु आवको बजेटबाट वडाले अन्य २ किशानलाई ३० प्रतिशत किशानले ब्यहोर्ने तथा ७० प्रतिशत वडाले लागत ब्यहोर्ने गरी दुईओटा जमुनापारीका बोका पनि उपलब्ध गराएको लामाले बताए । उन्नत जातका बोका खरीदमा करीब रू. ४२ हजार खर्च भएको वडा कार्यालयले बताएको छ ।

वडाका १७ पशुपालक किशानलाई रू. १५ हजार का दरले गोठ सुधारकालागि अनुदान उपलब्ध गराएको वडा कार्यालयले बताएको छ । गोठ सुधारकालागि वडाले रू. २ लाख ५५ हजार खर्च गरेको अध्यक्ष लामाले बताए ।

गोठ सुधारकालागि अनुदान पाउनेहरुलाई एक गाई वा एक भैंसीको बीमा गराउने ब्यावस्था पनि वडाले मिलाएको वडा अध्यक्ष लामाको भनाई छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)