ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनका कारण कर्जा संकलन कार्य प्रभावित

२०७७ बैशाख, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख २६, चितवन । लामो समयसम्म भएको लकडाउनका कारण बैंक तथा वित्तीय संंस्थाहरूले लगानी गरेको ऋण संकलन कार्य प्रभावित बनेको छ । अधिकांश व्यवसाय तथा अन्य आर्थिक कारोबार ठप्प हुँदा नियमित संकलन हुने कर्जा, ब्याज संकलन हुन नसकेको हो ।

बैंकले सेवाग्राहीलाई भुक्तानी, लगानी लगायतका सेवा दिँदै आए पनि कर्जाको किस्ता, ब्याज संकलन कार्य भने ठप्प भएको बैंकर्सहरू बताउँछन् । कामना विकास बैंकका क्षत्रीय प्रबन्ध सुरेन्द्र भण्डारीले लकडाउन शुरू भएपछि कर्जा संकलन कार्यमा समस्या भएको बताए ।

‘अहिले महामारी छ, यस्तो बेलामा ग्राहकलाई प्रेसर दिन पनि पनि मिल्दैन,’ उनले भने, ‘सामान्य फलोअप गर्ने काम मात्र गरिरहेका छौं ।’ कर्जा संकलन कार्य नभए पनि थोरै मात्रामा अत्यावश्यक क्षेत्रमा कर्जा लगानी गरिरहेको उनले बताए । उनका अनुसार सबैजसो ऋणीले लकडाउनपछि मात्र तिर्ने बताउँदै आएको तर भुक्तानी र रेमिट्यान्सको कार्य भने नियमित भएको छ । 

बैंकको अधिकांश लगानी उत्पादनशील क्षेत्र, व्यवसायमा भएको र सबैजसो ती क्षेत्र बन्द भएकोले कर्जा संकलन कार्यमा कठिनाइ भएको हो । कर्जा संकलन कार्य ठप्प हुंँदा जोखिम समेत उत्तिकै बढ्ने गर्छ । एनएमबी बैंक, नारायणगढ लायन्सचोक शाखाका प्रबन्धक विवेक अधिकारी ऋण संकलन कार्य ९० प्रतिशत नै घटेको बताउँछन् । ‘सबै ऋणी बैंकका ग्राहक हुन्,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले उहाँहरूलाई दुःख दिने गरेका छैनौं ।’ 

सेवाग्राहीको सेवाका लागि बैंक नियमित खुले पनि कर्जा संकलन भने नभएको उनले बताए । उनका अनुसार स्वतःस्फूर्त कर्जा तिर्न आउने ऋणीको हकमा भने कुनै समस्या नभएको  र पेण्डिङमा कर्जाको निवेदन दिएका ऋणीहरूको कर्जा दिने प्रक्रिया चलिरहेको उनको भनाइ छ । 

निजी बैंकहरुजस्तै सरकारी बैंकहरुले पनि ऋण संकलन कार्य र नयाँ कर्जा लगानी समेत ठप्प गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, भरतपुर शाखाका प्रमुख ईश्वरी न्यौपाने चैत महीनामा नेपाल सरकारले दिएको छुटको बारेमा ऋणीलाई जानकारी गराए तापनि त्यसयता कर्जा, ब्याज, किस्ता संकलनको लागि ताकेता नगरेको बताउँछन् ।

‘यस्तो महामारीको बेला पहिला त बाँच्नु पर्‍यो, ग्राहकलाई दबाब दिने कुरा भएन,’ उनले भने । हाल बैकले नयांँ कर्जा लगानीसमेत ठप्प पारेको बताएको छ ।

नेपाल सरकारले असार मसान्तसम्म कर्जामा कुनै जरीवाना नगरिने र सो समयसम्म तिर्न सकिने भएकोले पनि कर्जा संकलनमा सुस्ती आएको उनको भनाइ छ । 

उनका अनुसार सरकारको नीति र निर्देशन अनुसार चल्नुपर्ने भएकोले बैंकले सोही अनुसार काम भइरहेको छ । ‘कर्जाको किस्ता ब्याज थपिंदै जाने एउटा समस्या त छ,’ उनले भने, ‘तर एकैपटक बुझाउन पनि सेवाग्राहीलाई थप भार पर्छ ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)