ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरक्षात्मक उपायसहित ईटा उद्योग पुनः संचालनमा

२०७७ बैशाख, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

वैशाख २८, दोलखा । लकडाउनदेखि बन्द रहेको जिल्लाको एक मात्र ईटा उद्योगले पुनः उत्पादन शुरु गरेको छ । शनिवारबाट उद्योगले कोरोना विरुद्ध आवश्यक सुरक्षात्मक उपाय सहित पुनः ईटा उत्पादन गर्न शुरु गरेको हो ।

चैत ११ गतेदेखि लकडाउन भए पनि केही दिनसम्म उद्योग सञ्चालन भएता पनि उद्योगका लागि आवश्यक कोइला सकिएको कारण ईटा उद्योग बन्द गर्नु परेको जय श्री कर्कलेश्वर फिक्स चिम्नी ईटा उद्योगका प्रोप्राईटर लक्कीराज बुढाथोकीले बताए । 

बैत्यश्वर गाउँपालिका–१, गैरीमुदीमा गत वर्षबाट करीब डेढ करोडको लगानीमा माटोबाट बनाइने ईटा उद्योग सञ्चालनमा ल्याएको बुढाथोकीको भनाइ छ । जिल्लामा तराई तथा काठमाडौं उपत्यकाबाट महँगो मूल्यमा इटा झिकाई निर्माण कार्य गर्नु पर्ने बाध्यता यो ईटा द्योगको स्थापना पछि कम भएको उनले बताए ।

करीब एक महीनासम्म काँचो ईटा पोल्न नपाउँदा भएको घाटाको हिसाब नगरि महँगो दरमा भारतबाट कोइला ल्याएर पुनः उत्पादन सुरु गरेको युवा व्यवसायी बुढाथोकीको भनाइ छ ।

१० वर्षको लागि लिजमा लिएको ३० रोपनी जग्गाको माटोले करीब ५ वर्षका लागि ईटा बनाउन पुग्ने उनको अनुमान छ । कात्तिक महीनादेखि जेठसम्म ईटा उत्पादन गर्न सकिने उद्योगमा एकपटकमा ६ लाखसम्म ईटा उत्पादन गर्न मिल्ने सञ्चालक बुढाथोकीले बताए ।

उद्योगमा प्राविधिक रुपमा एक नम्बर र दुई नम्बर गुणस्तरको ईटा उत्पादन गर्न सम्भव देखिएपछि  आफूहरुले उद्योग स्थापना गरेको सञ्चालन बुढाथोकीले बताए । 

उद्योगको सञ्चालनबाट स्थानीयलाई सहज तथा सुपथ मूल्यमा गुणस्तरीय ईटा प्राप्त भइरहेको  छ । उत्पादनमा वृद्धि हुँदै गएपछि रामेछाप तथा ओखलढुङ्गा जिल्लामा समेत ईटा निकाशी गर्ने योजना रहेको उद्योगले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)