ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनको पर्यटन व्यवसायमा साढे २२ करोडको नोक्सान

२०७७ बैशाख, २९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोभिड–१९ को प्रकोप तथा यसको रोकथामका लागि गरिएको लकडाउनले चितवनको पर्यटन व्यवसायमा साढे २२ करोड नोक्सान भएको अनुमान गरिएको छ । यकिन तथ्यांक आइनसकेकाले गतवर्ष यो समयमा भएको कारोबारको आधारमा यस्तो अनुमान गरिएको हो ।

दैनिक घाटा बढ्दै गएर जिल्लाको पर्यटन क्षेत्र नै संकटमा परेको भन्दै व्यवसायीले ब्याजमा सहुलियत तथा अनुदानको माग गरेका छन् । क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दीपक भट्टराईले भने, ‘दैनिक घाटा बढेकाले पर्यटनमा पनि अनुदानको माग गरेका हौं,’ भट्टराईले भने । सौराहाका होटल, रिसोर्टलगायत पर्यटन व्यवसाय अबको ६ महीनासम्म बन्द हुँदा घाटा बढ्दै जाने र चालू खर्च तथा ऋण समेत थपिँदै जाने उनको भनाइ छ ।

संघका महासचिव गुणराज थपलियाले सौराहाको पर्यटनमा दैनिक ५० लाख रुपैयाँ बराबरको घाटा अनुमान गरिएको बताए । ‘लकडाउनपछिको डेढ महीनामा साढे २२ करोड घाटा भएको अनुमान गरेका छौं,’ उनले भने ।

संघले मंगलवार मात्र बैठक राखेर हानको केन्द्रको निर्णय कार्यान्वयन गर्ने र परिस्थिति अनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ । संघका पूर्वअध्यक्ष सुमन घिमिरेले हाल कर्मचारीको तलब व्यवस्थापनका लागि छलफल भइरहेको बताए । उनका अनुसार चितवन होटल व्यवसायमा ३० अर्बभन्दा बढी लगानी छ । यस्तै सबै होटलमा गरी बैंकको लगानी १५ अर्ब हाराहारीमा छ । सौराहामा मात्रै पर्यटकीय स्तरका १२० र अन्य २०० भन्दा बढी होटल, रिसोर्ट तथा रेष्टुराँ सञ्चालित छन्, जहाँ ५ हजार ५०० जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान), चितवनका अध्यक्ष दीपेन्द्र खतिवडाले कोरोना प्रकोप र लकडाउनका कारण जिल्लाका ८० ओटा ठूला रेष्टुराँ तथा बार पूर्णरूपमा बन्द भएको बताए । यस्तै तिनमा कार्यरत १ हजार जना बेरोजगारविहीन भएको उनको भनाइ छ । नोक्सानको तथ्यांक भने आइनसकेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)