ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिप्रदियन कोषबाट सय म्याजिक चालकलाई खाद्य सामग्री

२०७७ बैशाख, २९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख २९, चितवन । टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी टे«डिङको सिप्रदियन सहायता संस्थाद्वारा चितवनका १०० म्याजिक चालकलाई खाद्य सामग्री वितरण गरिएको छ । 
टाटा मोटर्सको आधिकारिक डिलर सफल मोटर्स र संयुक्त रूट व्यवस्थापन समिति, भरतपुरको समन्वयमा उनीहरूलाई १ महीनाका लागि पुग्ने खाद्य सामग्री वितरण गरिएको हो ।

स्थानीय रूटमा चल्ने म्याजिक चालकहरू लकडाउनका कारण मारमा परेको भन्दै उनीहरूलाई राहतस्वरूप चामल, दाल, तेल, नून लगायत खाद्य सामग्री वितरण गरिएको सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए । ‘अहिले सबैभन्दा बढी चालकहरू मारमा परेको महसुस गर्यौं,’ भट्टराईले भने, ‘यस्ता महामारीको समयमा हामीले मानवीय धर्म निर्वाह गरेका हौं ।’ लामो समयमसम्म उनीहरू कामविहीन भएको र परिवारसमेत धान्न मुश्किल रहेकोले खाद्य सामग्री वितरण गरिएको उनले बताए । 

चालकहरूले गाडी चलाउन नपाएको र विकल्पको रूपमा अन्य रोजगारी समेत नपाएका कारण उनीहरूको दैनिक जीवनमा कठिनाइ परेकोले राहत वितरण गरिएको सफल मोटर्स, भरतपुरका शाखा प्रमुख विश्वबन्धु श्रेष्ठले बताए । ‘चालक, मालिक र हाम्रो संस्थाबीच प्रत्यक्ष रूपमा सम्बन्ध हुन्छ,’ श्रेष्ठले भने, ‘विपद्को समयमा सहयोग गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।’  हाल जिल्लाका स्थानीय रूटमा चल्ने १ सय चालक परिवारलाई राहत वितरण गरिए पनि लकडाउन लम्बिएसँगै यसलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ । 

राहत वितरण कार्यक्रममा संयुक्त रूट व्यवस्थापन समितिका संयोजक चिनीबहादुर बोहोराले यस्तो विपद्को घडीमा यातायात व्यवसायी समेत मारमा परेको र व्यवसायीले राहत समेत दिन नसकेको अवस्थामा सिप्रदियनले गरेको खाद्य सामग्रीले केही दिन भए पनि चालकमा खुशी थपिने बताए । यस्तै भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले महामारीको समयमा राज्य र स्थानीय सरकारको पहल मात्र पर्याप्त नहुने भन्दै सिप्रदियनले गरेको सहयोगको प्रशंसा गरे । विपद्को घडीमा निजी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने भएकोले सहयोगी मन र दानकारी हातहरूले  यस्तो परिस्थितिमा हातेमालो गर्दै जानुपर्ने भण्डारीको भनाइ छ । 

गत साता सिप्िरदयन सहायता कोष र सफल मोटर्सको सहकार्यमा भरतपुर नगरपालिका–३ का विपन्न ४० घरपरिवारलाई राहत वितरण गरिएको थियो । सिप्रदियन संस्थाले विपद्को समयमा राहतका साथै जिल्लाका विभिन्न विद्यालयहरूमा रहेका विद्यार्थीका लागि शिक्षा, स्वास्थ्य लगायत क्षेत्रहरूमा पनि सहयोग गर्दै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)