ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यावरण संरक्षणका लागि १० रिचार्ज पोखरी निर्माण

२०७७ जेठ, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

जेठ १, दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा १० ओटा रिचार्ज पोखरीको निर्माण गरिएको छ । पर्यावरण तथा पानीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरीको निर्माण गरिएको हो । गत आर्थिक वर्षमा तीनओटा र चालू आर्थिक वर्षमा सातओटा रिचार्ज पोखरीको निर्माण गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।

 उनका अनुसार गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय दोलखाको १० लाख अनुदानमा एउटा तथा गाउँपालिकाको १० लाख लगानीमा दुईओटा रिचार्र्ज पोखरीको निर्माण गरिएको थियो । यस्तै चालू आर्थिक वर्षमा गाउँपालिकाको ३० लाख अनुदानमा सातओटा पोखरीको निर्माण गरिएको छ । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा १० ओटा रिचार्ज पोखरी निर्माण सम्पन्न गरिएको हो । निर्मित सबै रिचार्ज पोखरीहरू गाउँपालिकाको वडा नं ३ मा छन् ।

गाउँपालिकाको उच्च भूभागमा पर्ने वडा नं ३ मा गाउँपालिका केन्द्रबाट प्रसिद्ध पर्यटकीय स्थल शैलुङ जाने बाटोको आसपासका क्षेत्रहरूमा पोखरीहरूको निर्माण गरिएको गाउँपालिकाले बताएको छ । रिचार्ज पोखरीहरूमा वर्षात्को पानी जम्मा हुनेछ । पोखरी निर्माणबाट तल्लो भागमा रहेका पानीको मुहानहरूको संरक्षणमा मद्दत पुग्ने, जंगली जनावरलाई पिउन पानीको आपूर्ति हुने तथा पोखरी आसपासमा चिस्यान कायम भई बोटबिरुवालाई हुर्कन मद्द पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाको आशा छ ।

पोखरीमा जम्मा भएको पानीबाट सुक्खायाममा पोखरी आसापासका कृषियोग्य भूमिमा सिँचाइ गर्न तथा शैलुङ पदमार्ग आसपासको सौन्दर्यमा समेत वृद्धि हुने गाउँपालिका प्रमुख दुलालको विश्वास छ । आगामी आथिक वर्षमा पोखरीहरूमा सुक्खायाममा समेत पानी भर्न नजिक रहेका खोलाहरूबाट पानी ल्याइने गाउँपालिकाको योजना रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)