ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अटो व्यवसायीको माग : कि लकडाउनको स्वरुप परिवर्तन गर कि नोक्सान व्यहोर !

२०७७ जेठ, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar सूर्यप्रसाद अधिकारी

जेठ ११, चितवन । लामोसमयदेखि जारी लकडाउनका कारण व्यवसाय धरापमा परेको भन्दै अटोमोवाइल व्यवसायीले लकडाउनको स्वरुप परिवर्तन गर्न माग गरेका छन् ।

यसअघि अटोमोबाइल व्यवसायले राम्रै गतिलिए पनि लकडाउनपछि व्यवसाय ठप्प भएको र दैनिक घाटा व्यहोनुपरेको भन्दै उनीहरुले लकडाउनलाई व्यवस्थापन गर्न माग गरेका हुन् । अटोमोबाइल व्यवसायमा बैंकको लगानीमा निर्भर रहनुपर्ने तथा यसको दैनिक खर्च पनि उत्तिकै हुने भएकोले लकडाउन मात्र बिकल्प हुन नहुने उनीहरुको गुनासो छ । 

भरतपुर र नारायणगढमा छुट्टा–छुट्टै गाडी र मोटरसाइकलको  शोरुम राखेका  सञ्चालक राजन पिया बैंकको ब्याज महीनैपिच्छे थपिएको र गाडीको ह्रासकट्टी एवं यातायात करपनि थपिदै गएकोले आफूहरुलाई दोहोरो तेहेरो मार परेको बताउंँछन् । 

लकडाउनको समय अझैपनि अनिश्चित भएको र आफ्ना कर्मचारीलाई समेत हेर्नुपर्ने हुंँदा दैनिक व्यय भार परेको पियाले बताए । 

‘एकत लकडाउन मात्र विकल्प होइन उनले भने, ‘अर्कोकुरा यससँग सम्बन्धित उद्योग व्यवसाय पनि खोल्दै जानुपर्छ ।’ अन्य आर्थिक गतिविधिलाई सुरक्षा मापदण्ड अपनाएर चलायमान बनाउँदै यस क्षेत्रपनि खोल्नुपर्ने उनको माग छ । 

व्यवसायीले आफ्नो व्यवसाय खोलेर सेवा दिएपनि भन्सार, यातायात व्यवस्था सेवा कार्यालय नखुलेसम्म आफ्नो व्यवसायले गति नलिने बताएका छन् । नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवं सफल मोटर्सका सञ्चालक गोपाल भट्टराई अबपनि लकडाउन लम्बिए व्यवसायनै विस्थापित हुने खतरा रहेको बताउँछन् । 

 ‘एकातिर व्यवसायको कारोबार शून्य छ अर्कोतिर बैंकको व्याज र स्टाफलाई तलब रोक्न मिल्दैन’, उनले भने । सरकारले निजी क्षेत्रसँग सहकार्य गरी लकडाउनलाई व्यवस्थापन गर्दै जानुपर्ने उनको भनाइ छ । 

अटोमोबाईल व्यवसाय ठप्प हुँदा आफूहरुले अर्डर आएको गाडीसमेत विक्री गर्न नपाइएको र अधिकांश गाडीहरु भन्सारमा थन्किदा आफूहरु थप मारमा परेको बताउँछन् चितवन अटोमोबाइल डिलर एशोसियसन चितवनका सचिव ईन्द्र रेग्मी । 

‘अहिले स्कुलको नयाँ शैक्षिकको सत्र शुरु हुने समय हो’, उनले भने, ‘पहिल्यै अर्डर लिएको बस, गाडीहरु पनि दिन पाएको छैन ।’ 

बीमा, ह्रासकट्टी, यातायात कर, भन्सारदरमा वृद्धि जस्ता कारण  व्यवसायीले थप नोक्सान व्यहोर्नु पर्ने उनको भनाइ छ । उनका अनुसार सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने र सुरक्षा मापदण्ड अपनाएर व्यवसाय खोल्न ढिला गर्नु हुँदैन ।  

थप लकडाउनको समय थप गर्ने हो भने भार थेग्न नसक्ने भन्दै  सरकारले सबै नोक्सान व्यहोर्नुपर्ने व्यवसायीहरुको माग छ ।

चितवनमा मात्रै प्रत्येक वर्ष रू.२५ अर्बभन्दा बढीको टु ह्वीलर र फोर ह्वीलर गाडीको  कारोबार हुने अनुमान छ । यहाँ संघमा आबद्ध ४२ ओटा डिलर व्यवसाय छन् भने यस क्षेत्रमा १ हजार भन्दा बढी व्यक्ति आश्रित छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)