ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले तत्काल सहकार्य गरोस : यातायात व्यवसायी 

२०७७ जेठ, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar सूर्यप्रसाद अधिकारी

जेठ १४, चितवन । बिशुद्ध स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्रको लागि सरकारले खासै सम्बोधन नगरेको र लाखौंको रोजगारीसमेत जोखिम भएको भन्दै यातायात व्यवसायीले सरकारलाई सहकार्य गर्न आग्रह गरेका छन् । 

कोरोना कहरका कारण देशमा दुई महीनाभन्दा अघिदेखि लकडाउन जारी छ । लकडाउनका कारण देशका सबै आर्थिक गतिविधि ठप्प भईरहेको भन्दै  यातायात व्यवसायीले कोरोना भाइरस नियन्त्रण गर्न सरकारसँग लकडाउनमात्र विकल्प रहेको तर आर्थिक क्षेत्रलाई सहज रुपमा व्यवस्थापन गर्न नसक्दा यसको गम्भिर असर यातायात क्षेत्रमा परेको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला यातायात क्षेत्र विना देशको अन्य आर्थिक गतिविधिसमेत धराशयी हुने बताउंँछन् । अर्थतन्त्रको बलियो हिस्सा यातायात क्षेत्र भएको र अन्य आर्थिक क्षेत्रलाई यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोड्ने भएकोले यातायात क्षेत्रलाई खुकुलो बनाउँदै लानु पर्ने उनले बताए । 

‘बन्दाबन्दी भएको पनि दुई महीनाभन्दा बढी भइसक्यो’ , उनले भने, ‘अब सुरक्षा मापदण्ड बनाएर यातायात सुचारु गर्न जरुरी छ, यसका लागि सरकारले व्यवसायीसंँग सहकार्य गर्न ढिला गर्न हुंँदैन ।’ 

उनका अनुसार यातायात क्षेत्रमा रू. १० खर्बभन्दा बढी लगानी भएको र यसमा ८० प्रतिशत लगानी बैंकको रहेकोले थप जोखिम बढ्दै गएको छ । कोरोना भाइरसको असर सबै देश र क्षेत्रमा परेको भन्दै उनले ‘वीन – वीन’ सिद्धान्त र सहकार्यको विकल्प पनि नरहेको बताए ।

यातायात क्षेत्रले देशको कुल राजस्व संकलनमा २० प्रतिशत बढी योगदान दिएको छ र यसले १० लाख जनाभन्दा बढीलाई रोजगारी दिएको छ । यसले सडक, कृषि, विकास , निर्माण लगायतका क्षेत्रहरुलाई जोड्ने भएकोले यसलाई व्यवस्थापन गर्न ढिलाई गर्न नहुने यातायात व्यवसायीहरुको सुझाव छ  । 

यातायातका साधनहरु ठप्प भएको कारण यससँग आबद्ध मालिक एवं मजदूरको अवस्था दिनप्रतिदिन विग्रदैं गएको बताउंँछन् नारायणी यातायात व्यवसायी संघका सचिव शंकर गिरी ।

‘अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिएको क्षेत्र यातायात क्षेत्र हो’, उनले भने, ‘सबैभन्दा बढी उपेक्षित पनि हामी भयौं ।’ कोरोनाको प्रभाव लामोसमयसम्म पर्ने भएकोले यसलाई अहिलेदेखि व्यवस्थापन गर्दै लैजानुपर्ने उनले बताए ।

 ‘विश्वको यातायात क्षेत्रको अभ्यास कस्तो छ, सोही अनुसार नेपालको परिवेषमा कोरोना सुरक्षा मापदण्ड बनाएर यातायात खोल्नुको विकल्प छैन’, उनले थपे । लकडाउनका कारण सबैभन्दा बढी यातायात क्षेत्र मारमा परेको भन्दै सरकारले बैंकको ब्याज, किस्ता, बीमा, यातायात करका विषयमा विशेष राहत प्याकेज ल्याउनुपर्ने उनले बताए । 

व्यवसायीले सरकारले यातायात व्यवसायीलाई सम्बोधन गर्न नसकेको र लाखौं मजदूरको भविष्यपनि अन्यौलमा परेको भन्दै तत्काल निकास निकाल्न विकल्प खोज्नुपर्ने पनि बताएका छन् ।

सबैभन्दा बढी कोरोना प्रभावित देश यूरोप र छिमेकी देश भारतमा समेत बस र रेल चल्न शुरु भएकोले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि यातायात क्षेत्र खकुलो बनाउनु पर्ने तर्क व्यवसायीको छ । 

चितवन छहारी यातायात सेवा प्रालिका अध्यक्ष बद्री पौडेल कोरोना सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी सञ्चालन गर्नुपर्ने बताउंँछन् । 

‘एकातिर गाडीको डिप्रिसिएशन(ह्रास) हुँदै गएको छ, अर्कोतिर ब्याज र बेरोजगारी पनि बढिरहेको छ’,  उनले भने । अझपनि आफूहरु धैर्य गरिरहनुको विकल्प नरहेको भन्दै उनले सबै यातायातकर्मी पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)