ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डाक्टर र नर्सले गरे अस्पतालमै विवाह 

२०७७ जेठ, १४  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जेठ १४, लन्डन (बेलायत) । कोरोना भाइरसको महामारीका कारण विवाह रद्द गरेको एक जोडीले अस्पतालमै विवाह गरेका छन् । लन्डनको सेन्ट थोमस अस्पतालमा काम गर्ने एक नर्स र डाक्टरले अस्पतालमै विवाह गरेका हुन् । 

३४ वर्षिय जान टिपिङ र ३० वर्षिय एन्नालान नाभरत्नम अस्पतालभित्रै रहेको गिर्जाघरमा विवाह वन्धनमा बाँधिएका थिए । अतिथिहरु भने भिडियोबाट विवाहमा सहभागी भएका थिए । 

यिनीहरुको विवाह अगष्टमा हुने तय भएको थियो । विवाहका लागि बेहुला बहुलीका परिवार उत्तरी आयरल्याण्ड र श्रीलंकाबाट सुरक्षित रुपमा आउन नसक्ने चिन्ता बढेपछि विवाह रद्द गरिएको थियो । नवविवाहितका लागि भर्चुअल ड्रिङ्क रिसेप्शन, फर्स्ट डान्स र स्पिचको आयोजना गरिएको थियो । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)