ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्र चलायमान बनाउन सार्वजनिक यातायात सञ्चालन गरौं : व्यवसायी

२०७७ जेठ, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोरोना कहरका कारण देशमा दुई महीनाभन्दा बढी समयदेखि लकडाउन जारी छ । लकडाउनका कारण देशका सबै आर्थिक गतिविधि ठप्प भईरहेको बेला यातायात क्षेत्र पनि यसबाट अछुतो छैन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन एक मात्र विकल्प भएपनि सरकारले आर्थिक क्षेत्रलाई सहज रूपमा व्यवस्थापन गर्न नसक्दा यसको गम्भीर असर यातायात क्षेत्रमा पनि परेको छ ।

विशुद्ध स्वदेशी तथा नीजि लगानी रहेको सार्वजनिक यातायातको क्षेत्रलाई सरकारले उचित सम्बोधन नगर्दा लाखौंको रोजगारी जोखिममा परेको यातायात व्यवसायीहरूले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला यातायात क्षेत्रबिना देशको अन्य आर्थिक गतिविधि चलायमान नहुने तर्क गर्छन् । अर्थतन्त्रको बलियो हिस्सा यातायात क्षेत्र भएको र अन्य आर्थिक क्षेत्रलाई यसले प्रत्यक्ष वा परोक्ष रूपमा जोड्ने भएकोले लकडाउनमा पनि यातायात क्षेत्रलाई खुकुलो बनाउनुपर्ने उनको धारणा छ ।

‘बन्दाबन्दी भएको पनि २ महीनाभन्दा बढी भईसक्यो’, सिटौलाले भने, ‘अब सुरक्षा मापदण्ड बनाएर यातायात सुचारु गर्न जरुरी छ । यसका लागी सरकारले व्यवसायीसँग सहकार्य गर्न ढिला गर्न हुँदैन ।’ उनका अनुसार यातायात क्षेत्रमा १० खर्ब भन्दाबढी लगानी भएको र यसको ८० प्रतिशत लगानी बैंकको छ । यो लगानीलाई जोखिममा पर्नबाट बचाउन उनले सरकारसँग आग्रह गरेका छन् । कोरोना भाइरसको असर देशका सबै क्षेत्रमा परेको स्वीकार्दै उनले ‘विन विन’ अवस्थामा सञ्चालन गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

यातायात क्षेत्रले देशको कुल राजश्व संकलनमा २० प्रतिशत भन्दाबढी योगदान दिएको छ र यसले १० लाख जनाभन्दा बढीलाई रोजगारी दिँदै आएको उनले बताए । यातायातले सडक, कृषि, विकास निर्माणलगायत क्षेत्रलाई जोड्ने भएकोले यसलाई व्यवस्थापन गर्न ढिलाई गर्न नहुने व्यवसायीको सुझाव छ ।

यातायातका साधनहरू ठप्प भएको कारण यससँग आबद्ध मालिक एवं मजदुरको अवस्था दिनदिनै बिग्रिँदै गएको बताउँछन नारायणी यातायात व्यवसायी संघका सचिव शंकर गिरी । ‘सबैभन्दा बढी योगदान दिएको क्षेत्र यातायात क्षेत्र हो’, उनले भने, ‘सबैभन्दा बढी उपेक्षित पनि हामी भयौं ।’ कोरोनाको प्रभाव लामोसमयसम्म पर्ने भएकोले यसलाई अहिलेदेखि व्यवस्थापन गर्दै लैजानुपर्ने उनले बताए ।

‘विश्वको यातायात क्षेत्रको अभ्यास कस्तो छ, सोहीअनुसार नेपालको परिवेशमा कोरोना सुरक्षा मापदण्ड बनाएर यातायात खोल्नुको विकल्प छैन’, उनले भने । यससँगै बैंकको ब्याज, किस्ता, बीमा, यातायात करका बिषयमा पनि सरकारले बिशेष राहत प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ ।

सरकारले यातायात व्यवसायीलाई सम्बोधन गर्न नसकेको र लाखौँ मजदुरको भविष्य अन्यौलमा परेको भन्दै तत्काल निकास निकाल्नुपर्नेमा व्यवसायीको जोड छ । सबैभन्दा बढी कोरोना प्रभावित देश यूरोप र छिमेकी देश भारतमासमेत बस र रेल चल्न शुरू भइसकेको भन्दै उनीहरूले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि यातायात क्षेत्र खकुलो बनाउनुपर्ने तर्क अगाडि सारेका छन् ।

चितवन छहारी यातायात सेवा प्रालिका अध्यक्ष बद्री पौडेल कोरोना सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी सञ्चालन गर्नुपर्ने बताउँछन । ‘एकातिर गाडीको ड्रिप्रिसिएशन हुँदै गएको छ भने अर्कोतिर ब्याज बढिरहेको छ । यतिमात्र होइन, यातायात सेवा थप्प हुँदा बेरोजगारको संख्या पनि बढदै गएको छ’, उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)