ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विक्री नभएपछि तरकारी बारीमा ट्याक्टर  

२०७७ जेठ, १६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


जेठ १६, चितवन । लकडाउनका कारण भारतबाट तरकारी आयात नभइरहेको बेलामा चितवनमा उत्पादित तरकारीलेसमेत बजार पाएको छैन । विक्री नभएपछि किसानहरूले तरकारीबारीमा ट्याक्टर लगाउन थालेका छन् । भारतबाट आयात नभएपछि तरकारीले राम्रै बजार पाउने आश किसानहरूले गरेको भएपनि उत्पादन बजारसम्म पु¥याउन नसक्दा र थोक तरकारी बजारसमेत बन्द हुँदा उनीहरूको तरकारी विक्री हुन नसकेको हो ।

खैरहनी नगरपालिकामा गत वर्ष पनि तरकारीले मूल्य नपाएपछि यहाँका किसानले डोजर चलाएका थिए । खैरहनी–१ बहेराका किसान बासुदेव सापकोटाले १२ वर्ष अघिदेखि तरकारीखेती गर्दै आएपनि यो सिजनमा तरकारीबारीमा ट्याक्टर लगाएर नष्ट गर्न बाध्य भएको बताए । उनले यसपटक बजारमूल्य नपाएपछि भिन्डीबारीमा ट्याक्टर लगाएर नष्ट गरेको बताए । ‘लगानी त परै जाओस, श्रमको मूल्यसमेत उठेन अनि जोत्न नै उपयुक्त ठाँने’, उनले भने ।

उनले यस वर्ष ७ कठ्ठा जग्गामा भिन्डी लगाएका थिए । वैशाख महीनामा रू. १२ हजारको मात्र भिन्डी विक्री गरेपनि त्यसपछि विक्री नभएको र छिप्पिएर खेर गएको उनले बताए । आफ्नो श्रमबाहेक ७ कठ्ठामा रू. ६५ हजार खर्च गरेर भिन्डी लगाएका उनले लकडाउनकै कारण तरकारी विक्री गर्न नपाएको बताए । अर्को तरकारीखेती लगाउन ढिला भएका कारण जोत्नुपरेको सापकोटाको भनाइ छ । 

लकडाउनका कारण अधिकांश किसानको तरकारी बारीमै कुहिएको छ भने कतिपयले तरकारीबाट कम्पोष्ट मलसमेत बनाउन शुरू गरेका छन् । तरकारीको माग राम्रै भएपनि उपभोक्तासमक्ष तरकारी पुग्न नसक्दा किसानले यस्तो समस्या भोग्नु परेको हो । 

बासुदेव जस्तै सोही ठाउँका अर्का किसान कृष्ण सापकोटा पनि लगाएको सबै तरकारी जोत्ने तयारीमा छन् । यसअघि किसानहरूले लगाएको मौसमी तरकारी प्रतिकिलो रू. २ मा झरेपछि उनले त्यो बेला पनि ट्याक्टर लगाएका थिए । ‘बारीमा राखेर मात्र के गर्नु,’ उनले भने, ‘अहिले पनि रू. २ प्रतिकिलोमा बिक्दैन । २३ कठ्ठामा तरकारी खेती गर्दै आएका छु ।’ त्यसमध्ये ६ कठ्ठामा भिन्डी मात्रै लगाएको उनको भनाइ छ । 

चितवनका मुख्य तरकारी बजार र काठमाडौंमा समेत तरकारी लैजान सहज नभएपछि हाल सबै किसानको तरकारी विक्री हुन नसकेको हो । यसअघि किसानले सहकारीमार्फत तरकारी विक्री गर्दै आएपनि लकडाउनका कारण सहकारीले तरकारी संकलन गर्न सकेको छैन । 

स्थानीय ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी संकलनको काम पुर्णरूपमा बन्द भएको बताए । ‘यहाँ उत्पादन भएको तरकारीको मुख्य बजार नारायणगढ, काठमाडौं र पोखरा नै हो,’ उनले भने । अन्य जिल्ला लैजान अहिले समस्या छ । लकडाउनको मौका छोपी बिचौलिया हाबी हुँदा पनि तरकारीले उचित मूल्य पाउन नसकेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)