ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यार्सा टिप्न र भीरमौरीको मह झिक्न रोक

२०७७ जेठ, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले संरक्षण क्षेत्रभित्र यार्सागुम्बा टिप्न र भीरमौरीको मह झिक्न रोक लगाएको छ । कोरोना भाइरसको त्रासका कारण संरक्षण क्षेत्रभित्र सो कार्य गर्न रोक लगाइएको हो ।

यार्सा टिप्ने तथा भीरमौरीको मह संकलन गर्ने काममा भीड लाग्ने तथा परीक्षण बिनानै मानिसहरू जानसक्ने सम्भावनालाई दृृष्टिगत गरी पूर्वसतर्कतास्वरूप संरक्षण क्षेत्रले आप्mनो क्षेत्रभित्र यार्सा टिप्न र भीर मौरीको मह संकलन गर्न प्रतिबन्ध लगाएको आयोजना प्रमुख सत्यनारायण साहले बताए ।

संरक्षण क्षेत्रअन्र्तगत दोलखा, रामेछाप र सिन्धुपाल्चोकस्थित कुनै पनि कार्यालय तथा उपसमितिहरूलाई संकलन पूर्जी जारी नगर्न निर्देशन दिईएको साहको भनाइ छ । लुकीचोरी कोही संकलनमा जानसक्ने भएकोले सोही कार्यालय तथा उपसमितिहरूबाट निरन्तर निगरानी भईरहेको पनि उनले बताए । आयोजनाको कार्यक्षेत्र भित्रका उच्च भूभागहरूमा यार्सागुम्बा टिप्ने र कठीन भीरहरूबाट भीरमौरीको मह संकलन गर्ने गरिएको छ । दोलखाको बिगु गाउँपालिका अन्तर्गतका वडाहरू बिगु, आलम्पु, चिलंखा, लादुक, बुलुङ, ओराङ, लामाबगर र गौरीशंकर गाउँपालिकाको उच्च लेकबाट यार्सागुम्बा संकलन गर्ने गरिन्छ । गत आर्थिक बर्ष प्रतिव्यक्ति रू. ५०० का दरले २७४ ओटा संकलन पूर्जी जारी गरेर संरक्षण क्षेत्रले रू. १ लाख ३७ हजार राजश्व संकलन गरेको थियो । संरक्षण क्षेत्र उपसमिति र सिंगटी प्रहरीबाट पत्राचार गरी गौरीशंकर गाउँपालिकाको खारे र गौरीशंकरलगायत स्थानबाट भीरमह संकलनमा पनि रोक लगाएको आयोजनाले बताएको छ । गौरीशंकर गाउँपालिका–८, खारेको मौरेभीर, धारेडाँडा र अबलिङ क्षेत्र तथा वडा नं. ९ को रिकुलगायत क्षेत्र भीरमह संकलनका लागि प्रसिद्ध छन् ।

भीरमौरीको मह तथा यार्सागुम्बा औषधीय प्रयोजनका लागि संकलन गर्ने गरिन्छ । संरक्षण क्षेत्रभित्र रामेछाप, दोलखा तथा सिन्धुपाल्चोकका उच्च भुभागहरू पर्दछन् । कोरोना त्रासका कारण यो वर्षको यार्सागुम्बा तथा भीरमौरीको मह खेर जाने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)