ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँपालिकाद्वारा ७८४ जना कृषकहरुलाई प्लास्टिक टनेल वितरण  

२०७७ जेठ, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

जेठ २२, दोलखा । शैलुङ गाउँपालिका क्षेत्र भित्र रहेका ७८४  कृषकहरुलाई प्लास्टिक टनेल तथा अन्य सामग्री वितरण गरिएको छ । 

शैलुङ गाउँपालिका, युएनडीपी र ईको नामक अन्तरराष्ट्रिय संस्थाको साझेदारी तथा ग्रामीण उद्यम विकास केन्द्रको सहकार्यमा कृषकहरुलाई प्लास्टिक टनेल लगायतका सामग्री वितरण गरिएको हो ।

शैलुङ गाउँपालिका, युएनडिपी, तथा ईको (युरोपेली आयोगको मानविय सहयोग तथा नागरिक सुरक्षा विभाग) को लागत साझेदारी र आरईडीसी नामक गैह्र सरकारी संस्थाको सहकार्यमा कृषकहरुलाई प्रोत्साहनकालागि सहयोग गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले बताए । 

सहयोग अन्तर्गत कृषकहरुलाई प्लास्टिक टनेल, जैविक औषधि निर्माण गर्नकालागि प्लास्टिक ड्रम, उन्नत विउ–विजन, सिँचाई गर्न पाइप तथा पस्प्रीङ्कल उपलब्ध गराइएको अध्यक्ष दुलालको भनाइ छ । 

शैलुङ गाउँपालिकाका कृषकहरु तरकारी उत्पादन गर्नमा अब्बल सावित हुँदै गइरहेको सन्दर्भमा उनीहरुलाई प्रोत्साहित गर्न उक्त सामग्रीहरु उपलब्ध गराईएको उनले बताए ।

उपलब्ध गराईएका सामग्रीहरु मध्ये विभिन्न वडाका १३० कृषकलाई गाउँपालिकाले प्रतिगोटा रू. ५ हजार पर्ने प्लास्टिक टनेल तथा एकसय लिटर क्षमताको प्रतिगोटा रू. १ हजार ३०० पर्ने जैविक किटनाशक औषधि वनाउने प्लास्टिक ड्रम गाउँपालिकाले आफ्नै खर्चमा उपलब्ध गराएको हो ।  

कृषकहरुलाई उक्त सामग्री उपलब्ध गराउन गाउँपालिले ८ लाख १९ हजार खर्च गरेको शैलुङ गाउँपालिकाले बताएको छ । यसैगरी साझेदारी अन्तर्गत ६५४ कृषकहरुलाई युएनडिपी तथा इको को आर्थिक सहयोग र आरईडिसी को सहकार्यमा प्लास्टिक टनेल, तरकारीका आधुनिक विऊ–विजन, स्प्रिङ्कल तथा सिँचाई गर्न पाइप उलब्ध गराइएको आरईडिसी दोलखाका सुमन उप्रेतिले बताए । 

६५४ कृषकलाई सो सामग्री उपलब्ध गराउँदा ३५ लाख खर्च भएको मा गाउँपालिकाको  ८ लाख ९७ हजार साझेदारी रहेको छ । साथै कृषकहरुलाई तालिम तथा उन्नत जातका कुखुराका चल्ला पनि वितरण गरिएको उपे्रतिको भनाइ छ ।

तरकारी उत्पादन शैलुङवासीहरुको मुख्य पेशा भएकोले किसानहरुलाई बेसिजनका तरकारी उत्पादन गर्न तथा आधुनिक कृषि तर्फ आकर्षित गर्न टनेल वितरणले महत्व पूर्ण भूमिका खेल्ने गाउँपालिकाको आशा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)