ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानलाई प्रोत्साहित गर्न प्लास्टिक टनेल

२०७७ जेठ, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । जिल्लाको शैलुङ गाउँपालिका क्षेत्रभित्रका ७८४ जना किसानलाई प्लास्टिक टनेल तथा अन्य कृषि सामग्री वितरण गरिएको छ । गाउँपालिकाले यूएनडीपी र ईको नामक अन्तरराष्ट्रिय संस्थाको साझेदारी तथा ग्रामीण उद्यम विकास केन्द्रको सहकार्यमा किसानलाई सो सामग्री वितरण गरेको हो ।

यूएनडीपी तथा ईको (यूरोपेली आयोगको मानवीय सहयोग तथा नागरिक सुरक्षा विभाग) को लागत साझेदारी र गैरसरकारी संस्था आरईडीसीको सहकार्यमा उक्त कृषि सामग्री सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए । उनका अनुसार किसानलाई प्लास्टिक टनेल, जैविक औषधि निर्माण गर्ने प्लास्टिक ड्रम, उन्नत बीउविजन, सिंचाई गर्न पाइप तथा स्प्रिंकल उपलब्ध गराइएको छ । शैलुङका किसानहरू व्यावसायिक तरकारी उत्पादनमा आकर्षित भएकाले उनीहरूलाई प्रोत्साहित गर्न उक्त सामग्रीहरू उपलब्ध गराईएको अध्यक्ष दुलालको भनाइ छ ।

उपलब्ध गराईएका सामग्रीमध्ये विभिन्न वडाका १३० जना किसानलाई प्रतिगोटा रू. ५ हजार पर्ने प्लास्टिक टनेल तथा १०० लिटर क्षमताका प्रतिगोटा रू. १ हजार ३०० पर्ने जैविक किटनाशक औषधि बनाउने प्लास्टिक ड्रम गाउँपालिकाले आप्mनै खर्चमा उपलब्ध गराएको बताएको छ । किसानलाई उक्त सामग्री उपलब्ध गराउन गाउँपालिले रू. ८ लाख १९ हजार खर्च गरेको गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिए ।

यसैगरी साझेदारीअन्तर्गत ६५४ जना किसानलाई यूएनडीपी तथा इकोको आर्थिक सहयोग र आरईडीसीको सहकार्यमा प्लास्टिक टनेल, तरकारीका आधुनिक बीउविजन, स्प्रिंकल तथा सिंचाई गर्न पाइप उलब्ध गराइएको आरईडीसी दोलखाका सुमन उप्रेतीले बताए । ६५४ जना किसानलाई सो सामग्री उपलब्ध गराउँदा रू. ३५ लाख खर्च भएकोमा गाउँपालिकाको रू. ८ लाख ९७ हजार साझेदारी रहेको उनको भनाइ छ । साथै किसानलाई तालीम प्रदान तथा उन्नत जातका कुखुराका चल्ला वितरण गरिएको पनि उपे्रतीले बताएका छन् ।

तरकारी उत्पादन शैलुङवासीको मुख्य पेशा भएकोले किसानलाई बेमौसमी तरकारी उत्पादन तथा आधुनिक कृषितर्फ आकर्षित गर्न टनेल वितरणले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाको अपेक्षा छ । विशेषगरी आलु उत्पादनका लागि शैलुङ प्रसिद्ध छ । चालू आर्थिक वर्षमा शैलुङ गाउँपालिकाबाट रू. ५० करोडभन्दा बढीको आलु निर्यात भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)