ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारायणगढ- मुग्लिन सडक अन्तर्गत कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध 

२०७७ असार, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार  ३, चितवन ।  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालीखोलामा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ ।

बुधवार बिहान सवा ४ बजे खसेको पहिरोको कारण दुवैतर्फी रुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका प्रवक्ता सूर्य थापाले पहिरो ठूलै गएकोले हाल मुग्लिनबाट र नारायणगढबाट पठाइएको डोजरले पहिरो पन्छाउने काम भइरहेको बताए । 

उनका अनुसार शुरुमा पहिरो सानो गए पनि पछि ठूलो ढिस्का नै झरेकोले सडक खुल्न केही घण्टा लाग्नेछ । ‘शुरुमा खसेको पहिरो सानो थियो, पछि ठूलै ढिस्का खसेकोले सडक खुल्न २ देखि ४ घण्टा लाग्ला,’ थापाले भने ।

राति परेको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीको भनाइ छ । 

सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ गइरहेका सवारी साधन दासढुंगामा तथा उताबाट आइरहेका सवारी साधनहरु मुग्लिन बजारमा रोकिएको प्रहरीले बताएको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)